एशियन लाइफद्वारा नविकरण बीमा शुल्कमा ब्याज छुट, बीमालेख कर्जाको साँवा र ब्याज समेत अनलाइनबाटै तिर्न सकिने

2021-06-03
एशियन लाइफद्वारा नविकरण बीमा शुल्कमा ब्याज छुट, बीमालेख कर्जाको साँवा र ब्याज समेत अनलाइनबाटै तिर्न सकिने

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नविकरण बीमा शुल्कमा ब्याजको घोषणा गरेको छ । काठमाण्डौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको मिति बैशाख १६ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको अवधिको लागी बीमितहरुलाई नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुटको घोषणा गरेको हो । 

कम्पनीका अनुसार तोकिएको समयमै नविकरण बीमाशुल्क भुक्तानी गर्न नसकेका बीमितहरुलाई वैशाख १६ गतेदेखि ब्याज लाग्नेछैन ।

कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागी अनलाइन माध्यमहरु ई सेवा, फोन पे, मोबाइल बैंकिंग एप्स र कनेक्ट आइपिएसको वेभसाइट प्रयोग गर्न समेत बीमितहरुमा अनुरोध गरेको छ ।

साथै एशियन लाईफले बीमालेख कर्जाको साँवा र ब्याज समेत ई सेवा एप्स वा वेभसाइटमार्फत् सहजै तिर्न सकिने सुविधा उपलब्ध गराएको छ । बीमालेख नम्बर र बीमितको जन्म मिति विवरण ईसेवामा प्रविष्टी गरेर बीमितले बीमालेखको ब्याज र आफूले चाहे बमोजिम साँवा रकम समेत भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।


Share this with your friends: