एशियन लाइफको अनलाईन भुक्तानी सेवा पुनःसुचारु

2021-06-27
एशियन लाइफको अनलाईन भुक्तानी सेवा पुनःसुचारु

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अनलाइन भुक्तानी सेवा आज(असार १३ गते)बाट पुनः सुचारु भएको छ । सूचना प्रविधि प्रणाली नियमित अध्यावधिक गर्नका लागि कम्पनीले गत असार ११ गतेदेखि आज बिहान १० बजेसम्मका लागि अनलाईन माध्यमको सेवा बन्द गरेको थियो । 

अनलाइन भुक्तानी सेवा पुनः सुचारु भएसँगै आजदेखि कम्पनीका ग्राहकहरुले ई–सेवा, फोन पे, मोबाईल बैंकिङ्, कनेक्ट आइपीएस, माध्यमबाट नविकरण बीमाशुल्क भुक्तानी र बीमालेख कर्जाको सावाँ ब्याज भुक्तानी गर्न सक्नेछन् ।   


Share this with your friends: