एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-11-24
एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा निवासी किसन बोहराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमितकी श्रिमती आस्था बोहरालाई दाबी भुक्तानीबापतको रकम प्रदान गरेको हो ।  बीमा दाबी वापत १० लाख २३ हजार ७९५ रुपैयाँ हस्तान्तरण गरेको हो । 


Share this with your friends: