एशियन लाइफद्वारा गाईघाट उपशाखाको स्तरोन्नती गरी शाखा संचालनमा

2021-11-28
एशियन लाइफद्वारा गाईघाट उपशाखाको स्तरोन्नती गरी शाखा संचालनमा

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सले उदयपुरको गाइघाटमा ४६ औं शाखा संचालनमा ल्याएको छ । गाईघाट उपशाखा कार्यालयलाई शाखा कार्यालयमा स्तरोन्नती गरिएको हो । 

कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले एक समारोहका बीच आइतबार शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा उनले शाखा कार्यालयबाट बीमितलाई अझै छिटोछरितो बीमा सेवा प्राप्त हुने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रमको अवसरमा कम्पनीको डेप्युटी रिजनल म्यानेजर महेन्द्र प्रसाद सिंह, गाईघाट शाखा प्रबन्धक बालकुमार राई, वरिष्ठ अभिकर्ता,बीमित लगायतको उपस्थिति रहेको थियो ।


Share this with your friends: