एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-12-20
एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

६१ वर्षिया लक्षिमा सापकोटाले सात वर्षे अवधिको लागी २०७७ असार २२ गते ७ लाखको बीमा गराएकोमा २०७७ फागुन १६ गते कालगतीले निधन भएको हो । दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा अभिकर्ता सीता सापकोटाको समेत उपस्थिति रहेको थियो । 


Share this with your friends: