एशियन लाइफद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

2022-01-10
एशियन लाइफद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांस वितरणका लागि अन्तिम स्वीकृती प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरेको लाभांस बीमा समितिले पुस २५ गते स्वीकृत गरेको हो । 

एशियन लाइफले आ.व २०७६/७७ का लागि २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांस गरी कुल २७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पेस गरेको थियो । 

बीमा समितिबाट स्वीकृत भएसँगै यो लाभांस अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: