काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार प्रसाईलाई सीईओमा नियुक्त गरिएको हो। उनलाई जेठ ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको हो।
कम्पनीले गत वैशाख २२ गते प्रसाईलाई सीईओमा नियुक्तिको प्रस्ताव बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो। बीमा समितिले जेठ ११ गते प्रसाईलाई सीईओमा नियुक्ति गर्ने कम्पनीको प्रस्ताव स्वीकृत गरेको थियो।