करेक्सन पश्चात बजार फेरी उकालो यात्रामा, यस्तो रह्यो बीमाको प्रदर्शन !

2020-09-23
करेक्सन पश्चात बजार फेरी उकालो यात्रामा, यस्तो रह्यो बीमाको प्रदर्शन !

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचक उकालो लागे। आज जीवन बीमा समूहको पपरिसूचक ९४.६८ अंकले बढ्दै ९७४१.०५ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहको परिसूचक १०९.४७ अंकले घटेको थियो। 

त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचकमा पनि सुधार आयो। आज निर्जीवन बीमा समूह ७४.७७ अंकले बढ्दै ७९८४.५० को उचाईमा पुग्न सफल बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान बनाउन सकेनन्। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
अघिल्लो कारोबार दिन करेक्सन भएको नेप्से परिसूचक आज भने ९.३७ अंकले उकालो लाग्दै १५५५.५२ को बिन्दुमा पुग्यो। यो दिन बजारमा १९४ कम्पनीका ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ रुपैयाँमा किनबेच भयो। 

अघिल्लो कारोबार दिन दोहोरो अंकको करेक्सन आएको बजारमा आज लगानीकर्ताहरुले सेयरमूल्य घटेको मौका छोपि कम्पनीका सेयरहरु खरीद गरे। 

आज बजारमा होटल समूह बाहेक सबै समूहमा हरियाली छायो। होटल समूह २३.६४ अंकको गिरावट आयो। बैंकिङ समूह १.८७ अंकले बढेको यो दिन व्यापार ५.७२, विकास बैंक २२.८, जलविद्युत ३३.७९, वित्त १२.०२, उत्पादन तथा प्रशोधन २३.२, अन्य ७.३६, लघुवित्त १०.२२ र म्युचुअल फण्ड ०.०३ अंकले बढे। 

आज अरुण भ्यालि हाइड्रो र माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै(१० प्रतिशत हाराहारी) कमाए। यि कम्पनीहरुको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। आज शीर्ष कमाउने शीर्ष १० कम्पनीको सूचिमा हाइड्रो कम्पनीहरुको दबदबा रह्यो। 

आज सबैभन्दा धेरै गुमाउनेमा गोर्खाज फाइनान्स लिमिटेड रह्यो। यो कम्पनीको सेयरमूल्य ३.५७ प्रतिशतले घट्यो। 

यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक १० करोड ८५ लाख बढीको कारोबार भयो। त्यस्तै नेपाल बैंकको ९ करोड ५९ लाख कारोबार भएको यो दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको ८ करोड ७३ लाख बढीको कारोबार भयो। 

 


Share this with your friends: