गिरावटका साथ कारोबार साताको सुरुवात, निर्जीवन बीमा समूहमा उछाल

2020-10-18
गिरावटका साथ कारोबार साताको सुरुवात, निर्जीवन बीमा समूहमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज निर्जीवन बीमा समूह परिसूचक वृद्धि भयो भने जीवन बीमा समूहको परिसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह ३१.५८ अंकले बढ्दै ७७३५.७७ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूहमा भने १८.९८ अंकको गिरावटका साथ ९४२३.२१ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदै पोजेटिभ सक्रिट लाग्यो। आज यो कम्पनीको सेयरमूल्य ४०४ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?
अघिल्लो कारोबार दिन वृद्धिका साथ कारोबार बन्द गरेको नेप्से परिसूचकमा आज भने गिरावट आयो। आज नेप्से परिसूचक ५.६६ अंकले ओरालो लाग्दै १५५६.८० को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा १८७ कम्पनीका ४३ लाख ५२ हजार १० कित्ता सेयर १ अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ रुपैयाँमा किनबेच भयो। 

आज २ वटा समूहमा मात्रै हरियाली छायो। निर्जीवन बीमा समूह ३१.५८ अंकले बढेको यो दिन व्यापार समूह १३.२ अंकले बढ्यो। 

आज सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आयो। यो समूह २९.१९ अंकले ओरालो लाग्यो भने बैंकिङ समूह ६.०२, होटल १.८२, हाईड्रो ५.०६, वित्त १.६, उत्पादन तथा प्रशोधन १४.४२, अन्य १.५४, लघुवित्त ११.२३ र म्युचुअल फन्ड ०.०४ अंकले घटे। 

आज जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।

यो दिन राइराङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आयो। 

आज नेप्सेमा सूचीकृत १८७ कम्पनीका ४३ लाख ५२ हजार १० कित्ता सेयर १ अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ रुपैयाँको कारोबार भयो। 

आज हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक २४ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भयो। 

नेपा पुनर्बीमा कम्पनीको ४ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन आईसीएफसी फाइनान्सको ३ करोड ९५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ९५ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ५२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ७६ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको संस्थापक सेयर २ करोड ४६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ४२ लाख रुपैयाँ र कुमारी बैंकको २ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: