चीन सरकारद्वारा कोरोना बिरुद्धको खोपको बीमा दायित्वलाई अनिवार्य बनाउने प्रस्ताव

2020-11-02
चीन सरकारद्वारा कोरोना बिरुद्धको खोपको बीमा दायित्वलाई अनिवार्य बनाउने प्रस्ताव

काठमाण्डौ । चीन सरकारले कोरोना भ्याक्सिनको बीमा  अनिवार्य गर्ने प्रस्ताव गरेको छ। चीन सरकारको भ्याक्सिन निर्माताहरुका लागि कोरोना भ्याक्सिनको बीमा अनिवार्य गर्ने सम्बन्धि मस्यौदा नियमावलीको विज्ञहरुले स्वागत गरेका छन्। विज्ञहरुले चीन सरकारको यो निर्णयले भ्याक्सिन ग्रहण गर्नेहरुको कानुनी अधिकारको उचित ढंगले संरक्षण गर्ने र उद्योगको सुपरिवेक्षणलाई मजबुत बनाउने बताएका छन्। 

चाइना डेलिका अनुसार गत महिना चीनको नेशनल मेडिकल प्रोडक्डस् एडमिनीष्ट्रेसनले एक महिनाको सार्वजनिक परामर्शका लागि जारी गरेको मस्यौदा नियमावलीमा कोरोना विरुद्धको खोपले घाइते वा मृत्यु भएकाका लागि क्षतिपूर्ति प्रदान गर्न चिनियाँ मुख्य भूमिमा भएका सबै इजाजतप्राप्त खोप आपूर्तिकर्ताका लागि अनिवार्य दायित्व बीमा हुनुपर्ने विषय समेटिएको थियो। 

उक्त मस्यौदा नियमावलीमा खोपका कारण मृत्यु भएकाका लागि न्युनतम ७४ हजार ८०० अमेरिकी डलरको राष्ट्रव्यापी दायित्व सीमा प्रस्ताव गरिएको छ। 

“ घरेलु खोपको समग्र सुरक्षा र गुणस्तर राम्रोसँग ग्यारेनटी गरिएको छ। तर चीन वा विदेशका खोपहरुले अपरिहार्य जोखिम बोकेका हुन्छन्। त्यसैले प्रयाप्त क्षतिपूर्ति संयन्त्र तयार गर्न आवश्यक देखिएको हो।” सांघाइको फुडान युनिर्भसीटीका कानुन प्राध्यापक डु यि फाङले भने। 

खोपहरुमा समेत लागु हुने चीनको “ड्रग एड्मिनीष्ट्रेसन ल” मा कम गुणस्तरका खोपहरुका कारण प्रभावित बनेका मानिसहरुले क्षतिपूर्ति पाउने व्यवस्था छ। तथापी चीनको सेन्याङ प्रान्तमा रहेको सेन्याङ फार्मास्यूटिकल युनिर्भसीटीका प्राध्यापक याङ युले खोप निर्माताहरुले क्षतिपूर्ति भुक्तानी गर्न सघर्ष गर्नुपर्ने हुन सक्ने बताएकी छिन्। 
“कोरोनाको खोप अधिकांस स्वस्थ मानिसहरुलाई लगाइनेछ र त्रुटिपूर्ण उत्पादनहरुले गम्भिर नोक्सान हुनेछ र यसले ठूलो संख्यामा दुर्घटना निम्त्याउने छ।” उनले भनिन्। 
सन् २०१८ मा जिलिन प्रान्तको एक मुख्य खोप निर्माता बायो टेकको खोप उत्पादनमा त्रुटि र म्याद गुज्रिएका सामाग्रीहरु प्रयोग भएको देखिएपछि चीनको खोप क्षेत्रको व्यवस्थापन कडा पारिएको छ। 

यो घोटालापछिको एउटा महत्वपूर्ण कदम भनेको चीनको पहिलो खोप विधान अर्थात भ्याक्सिन एडमिनीष्ट्रेसन ल अपनाउनु हो। जुन गत वर्षको जुन महिनामा पारित भई डिसेम्बर महिनामा लागु भएको थियो। यो कानुनले खोप निर्माताहरुले अनिवार्य रुपमा दायित्व बीमा लिनुपर्ने व्यवस्था गरेको छ। 

खोप निर्माताहरुका लागि अनिवार्य बीमा गर्नुपर्ने भन्ने कदमको विज्ञहरुले प्रशंसा गरेका छन्। तर नियमा उललेखित बहिष्करण व्यापक भयो कि भन्ने कुरामा भने उनीहरु विभाजित बनेका छन्। 

मस्यौदाका अनुसार बीमकहरुलाई प्रतिकुल प्रतिक्रिया, तेस्रो पक्षको गल्ती, लाइसेन्सहोल्डरको गैरकानुनी कार्य र खोप दुर्घटनाबाट हुने खर्च कभर गर्न छुट दिइनेछ। 
यदि कुनै त्रुटिपूर्ण खोप भेटिनछ भने त्यसलाई खोप खोप उत्पादन गर्दा भएको गैरकानुनी कार्यको रुपमा लिइनेछ र यसलाई प्रस्तावित बीमा पोलिसीबाट बाहिर राखिनेछ।       

 

china   

Share this with your friends: