दुईवटा कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

2021-08-04
दुईवटा कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर कम्पनी लिमिटेड रहेका छन् । 

उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासनको माग गरेको हो । संस्थाले आईपीओ निष्कासनका लागि साउन १३ गते आवेदन दिएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 

त्यस्तै रिभर फल्स् पावर लिमिटेडले ३४ करोड ३० लाख रुपैयाँबराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको माग गरेको छ । कम्पनीले पनि आईपीओ निष्कासनका लागि साउन १३ गते नै आवेदन दिएको हो । 

बोर्डबाट अनुमति पाएपछि रिभर फल्सले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारण गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभुु क्यापिटल लिमिटेड रहेको छ ।  

 


Share this with your friends: