नागरिक लगानीकोषको लाभांश घोषणा, बोनस कति ?

12 दिन अगाडी
नागरिक लगानीकोषको लाभांश घोषणा, बोनस कति ?

काठमाण्डौ । नगारिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकलेे गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: