निर्वाचनमा संलग्न हुने १ लाख बढी जनशक्तिको बीमा गर्न प्रस्ताव आह्वान

2022-02-23
निर्वाचनमा संलग्न हुने १ लाख बढी जनशक्तिको बीमा गर्न प्रस्ताव आह्वान

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनमा संलग्न जनशक्तिको बीमा गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै आगामी वैशाख ३० गते आयोजना हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यमा संलग्न हुने जनशक्तिहरुका लागि निर्वाचन आयोग ऐन २०७३ बमोजिम बीमाङक रकम रु.२० लाख रकमको सामूहिक दुर्घटना बीमा गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको हो । 

आयोगले निर्वाचनमा सहभागी हुने पदाधिकारी,कर्मचारी,लगायतका जनशक्तिको बीमा गर्न निर्धारित सर्तहरुको अधिनमा रहि बीमाशुल्क र सोको प्रस्ताव पेस गर्न सम्बन्धीत बीमा प्रदायक कम्पनीहरुबाट प्रस्ताव आह्वान गरेको छ । 

बीमा गुर्नपर्ने पदाधिकारी तथा कर्मचारीहरुमा आयोगका पदाधिकारी,अयोगको सचवालयमा कार्यरत कर्मचारीहरु,प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु(काज,स्थायी,करार समेत)(९०० जना)मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीहरु(६७७७ जना),मतदान केन्द्रमा खटिने कर्मचारीहरु(९४००० जना) र मतगणना कार्यमा खटिने कर्मचारीहरु(९०३६ जना) गरी कुल १ लाख १०  हजार ७१३ जना रहेका छन् ।  

प्रस्ताव पेस गर्न इच्छुक बीमा कम्पनी कम्तीमा ३ वर्षसम्म बीमा सम्बन्धी कामको अनुभव भएको हुनेपर्नेछ । यस्तै बीमा सम्बन्धी वा यस्तै प्रकृतिको कार्य गर्दा कालो सूचीमा नपरेको र ५० प्रतिशतभन्दा बढी स्वदेशी स्वामित्व भएको स्वघोषणा  गरेको हुनुपर्नेछ । इच्छुक बीमा कम्पनीहरुले निर्वाचन कोर्यमा संलग्न जनशक्तिहरुको  संख्या र तोकिएको अवधि अुसार बीमा गर्दा लाग्ने शुल्क स्पष्ट रुपमा उल्लेख गरी प्रस्ताव गर्नुपर्नेछ । 

बीमा गर्ने अवधि र संख्या आयोगको निर्णयबाट थपघट हुन सक्ने आयोगले जनाएको छ । 

इच्छुक बीमकहरुले फागुन १६ गते अपरान्ह १२ बजेसम्म आयोगमा प्रस्ताव पेस गर्नुपर्नेछ । 


Share this with your friends: