नेप्सेमा लगातार दुई दिन गिरावट, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रर्दशन !

2020-09-06
नेप्सेमा लगातार दुई दिन गिरावट, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रर्दशन !

काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिन सुधार देखिएको बीमा कम्पनीहरुको परिसूचकमा आज भने गिरावट देखिएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीहरु दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक २६.३३ अंकले घट्दै ९२०८.६९ मा सिमित भयो।

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २५.६१ ऋंकले घट्दै ७४४४.६८ बिन्दुमा सिमित बन्यो। यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनैपनि बीमा कम्पनी परेनन्। 

त्यस्तै यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सुचिमा पनि कुनै पनि कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा गिरावट आयो। नेप्सेमा लगातार दुई दिन करेक्सन आएको छ। आज नेप्से परिसूचक १०.४५ अंकले घट्दै १४९९.९७ को बिन्दुमा झ्र्यो। यो दिन बजारमा १९१ कम्पनीका ७० लाख ३८ हजार ९९० कित्ता सेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँमा किनबेच भयो। 

यो दिन १२ वटा परिसूचक मध्य दुईवटा समूहको परिसूचकमा मात्रै हरितो पोतियो। यो दिन बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, र अन्य समूहको परिसूचकमा क्रमश ८.१४, २५.६५, २०.८, ५.७४, २, ४०.४३ र १२.६५ अंकको गिरावट आयो। 

त्यस्तै लघुवित्त १०.२७ अंकले घटेको यो दिन म्युच्युअल फन्ड र व्यापार समूह क्रमश ०.०१ र २२.६३ अंकले बढे। 

आज ४ जलविद्युतसहित ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन उन्नति सहकार्य लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी विद्युत् कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन एनआरएन इन्फ्रास्टक्चरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो। 

आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका ७० लाख ३८ हजार ९९० कित्ता सेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँमा कारोबार भयो। 
यो दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो। यो कम्पनीको मात्रै ४० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यस्तै नेपाल बैंकको ११ करोड ७३ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १० करोड १ लाख रुपैयाँ, अरुण काबेलीको ८ करोड ८३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८ करोड २५ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ८४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड २ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ६ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: