नेप्सेमा लगातार गिरावट, पहिलो दिनमै जनरल इन्स्योरेन्समा उछाल

2020-10-14
नेप्सेमा लगातार गिरावट, पहिलो दिनमै जनरल इन्स्योरेन्समा उछाल

काठमाण्डौ । अघिल्लो कारोबार दिनजस्तै आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ३३.५१ अंकले घट्दै ९४५९ को बिन्दुमा सीमित बन्यो। 
यस्तै निर्जीवन बीमा समूह पनि २२.०८ अंकले ओरालो लाग्दै ७७२८.६२ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित सक्यो। आजदेखि कारोबारमा आएको जनरल इन्स्योरेन्स सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सक्रिट लाग्यो। आज यो कम्पनीको प्रतिसेयर मूल्य ३३५ रुपैयाँ कायम भयो।  

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के—के भयो ?  
अघिल्लो दिनजस्तै आज पनि नेप्से परिसूचकले ओरालो यात्रा तय गर्यो। आज नेप्से परिसूचक ७.४२ अंकले घट्दै १५६१.१७ को बिन्दुमा झर्यो। यो दिन बजारमा १९५ कम्पनीका ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ रुपैयाँमा किनबेच भयो। 

आज होटल समूहमा मात्रै हरियाली छायो। आज यो समूहमा २.३८ अंकले अघि बढ्यो। आज सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले गुमाए। विकास बैंक ४१.९१ अंकले घटेको यो दिन बैंकिङ ३.५९, व्यापार ३.७३, हाइड्रो १६, वित्त १०.९, उत्पादन तथा प्रशोधन २२.३३, अन्य ५.९, लघुवित्त ५.३२ र म्युचुअल फन्ड ०.०७ अंकले घटे। 
यो दिन आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको जनरल इन्स्योरेन्ससँगै नेपाल फाइनान्सका सेयरधनीहरुले उच्च कमाएका छन्। दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। 
आज घलेम्दी हाइड्रोपावका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ। यसैगरी अपी पावार, वरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र रिडी हाइड्रोपावरको सेयरमूल्यमा पनि ६ प्रतिशतको हाराहारीमा गिरावट आयो। 

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ रुपैयाँमा कारोबार भयो। 

आज सानिमा बैंकको सर्वाधिक ७ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भयो। नेपाल बैंकको ६ करोड ९ लाख रुपैयाँको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९४ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ३६ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३ करोड ७१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३ करोड ५६ लाख रुपैयाँ, अपी पावरको ३ करोड ५४ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको ३ करोड ३७ लाख रुपैयाँ र नेसनल हाइड्रोपावर कम्पनीको २ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: