नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमामा देखियो चमक

2020-10-19
नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमामा देखियो चमक

काठमाण्डौ । साताको दोस्रो कारोबार आज बीमा समूहको परिसूचकमा उछाल आएको छ। आज निर्जीवन बीमा र जीवन बीमा समूह दुवैको परिसूचकमा उछाल आयो। निर्जीवन बीमा समूह आज ९९.५२ अंकले बढ्दै ७८३५.२९ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूह पनि ५०.५९ अंकले अघि बढ्दै ९४७३.८१ को उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदै पोजेटिभ सक्रिर्ट लाग्यो। आज यो कम्पनीको सेयरमूल्य ४४४ रुपैयाँ कायम भयो। धितोपत्र दोस्रो बजारमा कारोबार भएको पहिलो दिनदेखि नै यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सक्रिर्ट लाग्दै आइरहेको छ। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखियो। आज नेप्से परिसूचक १३.५८ अंकले बढ्दै १५७०.३८ को उचाईमा पुग्यो। यो दिन बजारमा १८९ कम्पनीका ३३ लाख ५३ हजार २०१ कित्ता सेयर ९७ करोड ९० लाख ९४ हजार ४०३ रुपैयाँमा किनबेच भयो। 

आज एउटा समूह बाहेक अन्य सबै समूहमा हरियालि छायो। आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा आयो। बैंकिङ समूह ७.६७ अंकले अघि बढेको यो दिन होटल १४.१६, विकास बैंक ३०.४३, हाईड्रो ४३.८६, वित्त १६.२६, उत्पादन तथा प्रशोधन ७.१७, अन्य ७.६, लघुवित्त १०.६४, र म्युचुअल फन्ड ०.०४ अंकले अघि बढे। 

आज व्यापार समूह मात्रै १.६९ अंकले ओरालो लाग्यो। 
यो दिन ४ वटा कम्पनीको सेयरमा पोजिटिभ सर्किट लाग्यो । 

जनरल इन्स्योरेन्स कम्पनी, युनियन हाइडोपावर, घलेम्दी हाइडोपावर र अपी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत हाराहारीले बढ्यो । धेरै कमाउने मुख्य १० कम्पनीको सूचीमा ८ स्थान जलविद्युत कम्पनीले ओगटे । 

यो दिन गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य २ प्रतिशत हाराहारीले घट्यो । 

यो दिन बजारमा १८९ कम्पनीका  ३३ लाख ५३ हजार २०१ कित्ता सेयर ९७ करोड ९० लाख ९४ हजार ४०३ रुपैयाँमा किनबेच भयो । 

यो दिन अपी पावर कम्पनीको ४ करोड बढीको सेयर कारोबार भयो । यस्तै, अरुण काबेली पावर लिमीटेडको ३ करोड ५५ लाख, एनसीसी बैंकको ३ करोड ५० लाख बढीको कारोबार भयो भने हिमालयन बैंकको ३ करोड ३८ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

नागरिक लगानीकोषले ३ करोड ९ लाख बढीको कारोबार गरेको यो दिन शिखर इन्स्योरेन्सले २ करोड ९३ लाख, नेपाल रिइन्स्योरेन्सले २ करोड ८४ लाख, नेशनल हाइडोपावर कम्पनीले २ करोड ७६ लाख, सिटिजन्स बैंकले २ करोड ७४ लाख र आइसीएफसी फाइनान्सले २ करोड ४७ लाख बढीको कारोबार गरे । 

 


Share this with your friends: