नेप्सेमा गिरावट जारी, धेरै कारोबार गर्नेमा बीमा कम्पनीहरुकोे दबदबा

2020-09-07
नेप्सेमा गिरावट जारी, धेरै कारोबार गर्नेमा बीमा कम्पनीहरुकोे दबदबा

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीहरुको परिसूचकमा गिरावट आयो। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ९२.५४ अंकले घट्दै ९११६.१५ अंकको बिन्दुमा सिमित बन्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचकमा पनि ४६.७६ अंकको गिरावट आयो। यो गिरावट संगै निर्जीवन बीमा कम्पनीको परिसूचक ७४००.९३ मा सिमित बन्यो। 

यो दिन १२ वटा समूहको परिसूचक मध्य जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा सबैभन्दा धेरै गिरावट आयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० वटा कम्पनीको सूचिमा कुनैपनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। त्यस्तै यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा समेत कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
लगातार दुई दिनदेखि गिरावट आएको बजारमा आज पनि कुनै सुधार देखिएन। आज पनि बजारम गिरावट आयो। आज नेप्से परिसूचकमा १२.१७ अंकको गिरावट आउदै १४८७.८१ के बिन्दुमा सिमित बन्यो। यो दिन बजारमा १९२ कम्पनीका ५५ लाख ९० हजार ६६५ कित्ता सेयर २ अर्ब १६ करोड २२ लाख ४२ हजार ८९३ रुपैयाँमा किनबेच भयो। 

यो दिन १२ वटा परिसूचक मध्य ८ वटा समूहको परिसूचकमा रातो पोतियो भने चार वटा समूहको परिसूचकमा मात्रै हरियो पोतियो। 

यो दिन बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डमा क्रमश १७.२६, २.५६, १५.८५, ३.५३, १७.६८ र ०.०५ अंकको गिरावट आयो। 

यसैगरी व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७६ र लघुवित्त १.१५ अंकले बढे। 

आज उन्नति सहकार्य लघुवित्त र युनिभर्सल पावर कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो। 

यसैगरी जोशी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

आज एनआरएन इन्फ्रास्टक्चरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो। 

आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका ५५ लाख ९५ हजार ५५१ कित्ता सेयर २ अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ रुपैयाँमा कारोबार भएको छ। 

आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो। यो कम्पनीको मात्र २८ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भयो। 
नागरिक लगानी कोषले १५ करोड ६३ लाख रुपैयाँको कारोबार गरेको यो दिन नेको इन्सुरेन्सको ९ करोड ३ लाख रुपैयाँ, एनएमबी संस्थापक सेयरको ८ करोड ८२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २४ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ५४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ८४ लाख रुपैयाँ, आरएमडीसी लघुवित्तको ६ करोड ३२ लाख रुपैयाँ, नेपाल बैंकको ६ करोड ६ लाख रुपैयाँ र अरुण काबेली पावरको ४ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भयो।   

 


Share this with your friends: