नेप्सेमा झिनो अंकको वृद्धि, बीमा कम्पनीको परिसूचकमा पहिरो

2020-09-14
नेप्सेमा झिनो अंकको वृद्धि, बीमा कम्पनीको परिसूचकमा पहिरो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। १२ वटा परिसूचकमध्य आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक २५४.५९ अंकले घट्दै ८१०८.७५ को बिन्दुमा सीमित बन्यो। 
त्यस्तै जीवन बीमा कम्पनीको परिसूचक पनि ७९.३२ अंकले घटेर ९७४०.६० को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान बनाउन सफल बन्यो। यो कम्पनीको सेयर मूल्यमा आज ४५ रुपैयाँको बढोत्तरीसंग सक्रिर्ट लाग्यो। यससंगै यो कम्पनीको प्रति सेयरमूल्य ४९७ रुपैयाँको उचाईमा पुग्यो।  

त्यस्तै यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि एउटा मात्रै बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी रह्यो। यो कम्पीको सेयरमूल्यमा २४ रुपैयाँको गिरावट आउदै प्रति सेयरमूल्य ५६१ कायम भयो। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा झिनो अंकको वृद्धि देखियो। यो दिन नेप्से परिसूचक ३.२६ अंकले बढ्दै १५४०.५१ को उचाईमा पुग्यो। यो दिन बजारमा १९० कम्पनीका ८६ लाख ३१ हजार ७४१ कित्ता सेयर ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९०८ रुपैयाँमा किनबेच भयो। 

आज ५ वटा समूहको परिसूचकमा मात्रै हरियालि छायो। यो दिन व्यापार १.०६, होटल १७.४५, उत्पादन तथा प्रशोधन ३८.०५, अन्य ०.२७ र लघुवित्त २३.२ अंकले घटे। 

बैंकिङ समूह १४.६८ अंकले बढेको यो दिन, विकास बैंक २०.९८ , जलविद्युत १२.२, वित्त ६.९४ र म्युचुअल फण्ड ०.०४ अंकले बढे। 
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत र  एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत, रिडी हाइड्रोपावर तथा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन बरुण हाइड्रोपावर, सिनर्जी पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो। 
आज राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरमा ८ प्रतिशत बढीको गिरावट आएको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ८६ लाख ३१ हजार ७४१ कित्ता सेयर ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९०८ रुपैयाँमा कारोबार भयो। 
यो दिन पुनर्बीमा कम्पनी एक्लैको १९ करोड ९३ लाख रुपैयाँको कारोबार भयो। 

नेपाल बैंकले १२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको आज नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड १९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ११ करोड १४ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ८ करोड १ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ७२ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ६ करोड ७१ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ६ करोड ६९ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ६ करोड ४५ लाख रुपैयाँ र शिखर इन्स्योेरेन्सको ६ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भयो।       

 


Share this with your friends: