नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ पुनर्बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

2020-10-04
नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ पुनर्बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । बीमा समूहहरुले उकालो यात्राका साथ साताको पहिलो दिनको सुरुवात गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुव समूहको परिसूचकमा वृद्धि देखियो। अघिल्लो कारेबार दिनको प्रर्दशनलाई निरन्तरता दिदै आज पनि दुवै समूहको परिसूचकमा वृद्धि देखिएको हो। 

आज जीवन बीमा समूहको परिसूचक ४५.०३ अंकले बढ्दै ९६८४.१६ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूह १५७.३३ अंकले बढेको थियो। 

त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि २४.०७ अंकले बढ्दै ८०६८.११ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूह ३३३.२९ अंकले उकालो लागेको थियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज बीमा कम्पनीहरुतर्फ सबैभन्दा धेरै वृद्धि नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा देखियो। यो कम्पनीको सेयरमूल्य ३.२४४५ प्रतिशतले वृद्धि हुदै प्रतिकित्ता ८९१ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि आयो। नेप्से परिसूचक १४.७१ अंकले उकालो लाग्दै १५८५.७५ को उचाईमा पुग्यो। यो दिन बजारमा १९५ कम्पनीका १ करोड ७ लाख १३ हजार ३१२ कित्ता सेयर ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ रुपैयाँमा किनबेच भयो। 

१२ वटा समूहहरु मध्ये आज २ वटा समूहको परिसूचकमा मात्रै रातो पोतियो। हाइड्रो समूह १५.२६ अंकले घट्दा म्युचुअल फन्ड ०.३५ अंकले घट्यो। 
आज सबैभन्दा धेरै वृद्धि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा आयो। यो समूह आज १४५.२६ अंकले बढ्यो। बैंकिङ समूह १५.५६ अंकले बढेको यो दिन व्यापार १५.७७, होटल ११.८७, विकास बैंक २३.४९, वित्त, अन्य ११.१५ र लघुवित्त ४.०३ अंकले बढे। 

आज कर्पोरेट डेभलपमेन्ट बैंक र शिवम् सिमेन्टको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यी दुवै स्क्रिप्टमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो। 

यो दिन युनियन, दिव्यश्वरी र खानीखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। युनियन र दिव्यश्वरीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो भने खानीखोलाको सेयरमूल्य ९ प्रतिशत बढीले घट्यो।

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड ७ लाख १३ हजार ३१२ कित्ता सेयर ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ रुपैयाँमा कारोबार भयो। 

यो दिन शिवम् सिमेन्ट एक्लैको २६ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भयो। नेपाल पुनर्बीमा कम्पनीले १९ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको यो दिन एनसीसी बैंकको ११ करोड ६२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ४८ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ६५ लाख रुपैयाँ, कुमारी बैंकको ९ करोड ७६ लाख रुपैयाँ, अरुण काबेली पावरको ९ करोड ५१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ७२ लाख रुपैयाँ, बैंक अफ काठमाण्डौको ७ करोड ३६ लाख रुपैयाँ र नागरिक लगानीको षको ६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: