नेप्सेमा ३.६३ अंकको करेक्सन, बीमातर्फ सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

2020-10-05
नेप्सेमा ३.६३ अंकको करेक्सन, बीमातर्फ सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन दुवै समूहको परिसूचकमा वृद्धि भएपनि आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आएको हो। हिजो वृद्धि भएको बजारको फाइदा उठाउदै बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बीमा समूहहरुमा गिरावट आएको हो। 

आज जीवन बीमा समूहको परिसूचक ८१.३४ अंकले ओरोलो लाग्दै ९६०२.८२ अंकको बिन्दुमा सिमित बन्यो। 

यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ११५.१८ अंकले घट्दै ७९५२.९३ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। आज बीमा कम्पनीहरुमध्य सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाए। यो कम्पनीको सेयरमूल्य २.६२ प्रतिशले घट्दै प्रति कित्ता ९३० रुपैयाँ कायम भयो। त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.०३ प्रतिशतले गुमाए। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन आयो। नेप्से परिसूचक ३.६३ अंकले ओरालो लाग्दै १५८२.१२ मा सिमित बन्यो। यो दिन बजारमा १९३ कम्पनीका ९५ लाख १८ हजार ७६५ कित्ता सेयर २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८८ रुपैयाँमा किनबेच भयो। 

आज ५ वटा समूहको परिसूचकमा मात्रै हरियालि छायो। यो दिन सबैभन्दा धेरै हाईड्रो समूहको परिसूचकमा उछाल आयो। हाईड्रो समूह २७.३९ अंकले बढेको यो दिन विकास बैंक २४.४९, होटल ४.१९, अन्य १.२६ र म्युचुअल फन्ड ०.०९ अंकले बढे। 

यस्तै आज बैंकिङ समूह ३.८९, व्यापार ७.१५, वित्त ४.३१, उत्पादन तथा प्रशोधन ५३.३३ र लघुवित्त १०.८१ अंकले घटे। 

आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। राईराङ हाइड्रोपवार र कामना सेवा विकास बैंकको सेयरमूल्यमा १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेपाल फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भयो। 

यो दिन प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतभन्दा बढीको गिरावट भयो।

आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ९५ लाख १८ हजार ७६५ कित्ता सेयर २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८८ रुपैयाँमा कारोबार भयो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भयो। अरुण काबेली पावरको ११ करोड ७३ लाख रुपैयाँको कारोबार भएको यो दिन अरुण भ्याली हाइड्रोपावरको १० करोड ७० लाख रुपैयाँ, कुमारी बैंकको ९ करोड ८९ लाख रुपैयाँ, नेपाल बैंकको ९ करोड ८३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ५ लाख रुपैयाँ, अपी पावरको ८ करोड ३ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ८५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ७ करोड ७९ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भयो।  

 

 


Share this with your friends: