नेप्सेमा सामान्य अंकको वृद्धि, हाइड्रोका लगानीकर्ता मालामाल हुँदा बीमाका भने निराश

2020-10-06
नेप्सेमा सामान्य अंकको वृद्धि, हाइड्रोका लगानीकर्ता मालामाल हुँदा बीमाका भने निराश

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन जस्तै आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आएको हो। आज जीवन बीमा समूह २५.७९ अंकले घट्दै ९५७७.०२ को बिन्दुमा सिमित बन्यो। 

त्यस्तै आज निर्जीवन बीमा समूह पनि ५७.०२ अंकले घट्दै ७८९५.९० को बिन्दुमा झर्यो। १२ वटा समूहकको परिसूचकमध्य आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहको परिसूचकमा देखियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्य २.४५ अंकले ओरोलो लाग्दै प्रति सेयरमूल्य ७५६ रुपैयाँमा सिमित बन्यो। यो कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १९ रुपैयाँका दरले गुमाए। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि आयो। नेप्से परिसूचक ४.१७ अंकले बढ्दै १५८६.२९ को उचाईमा पुग्यो। यो दिन बजारमा १९५ कम्पनीका ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर २ अर्ब ५१ करोड ५८ लाख ५ हजार ३३२ रुपैयाँमा किनबेच भयो। 

आज ६ वटा समूहको परिसूचकमा वृद्धि आयो। आज पनि हाईड्रो समूहका लगानीकर्ता मालामाल भए। हाइड्रो समूह ६६.८३ अंकले बढ्यो। यस्तै व्यापार समूह ८.१५ अंकले बढेको यो दिन विकास बैंक ७.०९, वित्त ६.०३, उत्पादन तथा प्रशोधन ४.७७ र अन्य २.०८ अंकले बढे। 

यस्तै आज बैंकिङ समूह ०.४६, होटल ०.१५, लघुवित्त ९.२६ र म्युचुअल फन्ड ०.०२ अंकले घटे। 

आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। जसमा अधिकांश जलविद्युत् कम्पनीहरु रहेका छन्। 

यो दिन नेसनल हाइड्रो, नेपाल फाइनान्स, ङादी ग्रुप, माउन्टेन हाइड्रो र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा रसुवागढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालिका पावर, सेन्जेन जलविद्युत, बरुण हाइड्रोपावर, रिडी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, राइराङ हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। आज छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो।  

यो दिन अरुण भ्याली हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको गिरावट आयो। 

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर २ अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ रुपैयाँमा कारोबार भयो। 
आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक १० करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोले १० करोड ६ लाख रुपैयाँबराबर कारोबार गरेको यो दिन अरुण काबेलीको ९ करोड २ लाख रुपैयाँ, अपी पावरको ८ करोड ९५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ३१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको ७ करोड ९९ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ५९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ८८ लाख रुपैयाँ र कुमार बैंकको ५ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: