नेप्सेमा दोहोरो अंकको गिरावट, निर्जीवनका लगानीकर्ताले सर्वाधिक गुमाए

2020-10-08
नेप्सेमा दोहोरो अंकको गिरावट, निर्जीवनका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । अघिल्लो कारोबार दिन वृद्धि भएको बीमा समूहहरुको परिसूचकमा आज बिहीबार गिरावट आएको छ। 

साताको अन्तिम सेयर कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका परिसूचकले ओरालो यात्रा तय गरेका हुन्। आज जीवन बीमा समूह २४.१६ अंकले घट्दै ९५७०.५३ को बिन्दुमा झर्यो भने निर्जीवन बीमा समूह ७४.३१ अंकले घट्दै ७८९७.६८ को बिन्दुमा सीमित बन्यो। 
आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा आयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। अघिल्लो दिन १४.६८ अंकले अघि बढेको नेप्से परिसूचकमा आज भने ११.३४ को गिरावट आउदै १५८९.६३ मा सिमित बन्यो। 

यो दिन बजारमा १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ रुपैयाँमा किनबेच भयो। आज बजारमा ४९ कम्पनीको सेयरमूल्यमा हरियालि छायो भने ११३ कम्पनीको सेयरमूल्यमा रातो पोतियो। 

आज ३ वटा समूहमा मात्रै वृद्धि देखियो। वित्त समूहमा सर्वाधिक ३१.७२ अंकको बढोत्तरी आएको यो दिन लघुवित्त र म्युचुअल फन्डमा क्रमश ०.८५ र ०.०२ अंकको वृद्धि आयो। 

यस्तै आज बैंकिङ समूह ८.७१, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०.९९, हाइड्रो ४४.५७, उत्वादन तथा प्रशोधन १३.३५ र अन्य ५.९२ अंकले घटे। 

आज मल्टीपर्पस फाइनान्स, कर्णाली विकास बैंक र समृद्धि फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। मल्टीपर्पस फाइनान्सको सेयरमूल्य १० प्रतिशत बढेको छ भने कर्णाली विकास बैंक र समृद्धि फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भयो। 

आज सबैभन्दा धेरै गुमाउन १० कम्पनीमा सबै हाइड्रो नै छन्। तीमध्ये सबैभन्दा धेरै सिनर्जी पावरको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आयो।   
आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँमा कारोबार भयो। 

यो दिन अरुण काबेली पावरको सर्वाधिक १२ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोले १० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार गरेको आज सानिमा माई हाइड्रोपावरको ८ करोड ९७ लाख रुपैयाँ, कुमार बैंकको ८ करोड ६० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड १८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ९९ लाख रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड ८७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको ५ करोड ७० लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ५ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: