नेप्से परिसूचक १६ सय बिन्दु पार, फेरि उकालो यात्रामा बीमा समूह

2020-10-07
नेप्से परिसूचक १६ सय बिन्दु पार, फेरि उकालो यात्रामा बीमा समूह

काठमाण्डौ । केहि दिनयता लगानी सुरक्षित गर्नतर्फ लागेका बीमा समूहका लगानीकर्ता फेरी बीमा समूहमा फर्किएका छन्। जसको प्रभाव स्वरुप आज साताको चौथो कारोबार दिन बीमा समूहरुको परिसूचकमा वृद्धि आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा हरियालि छायो। जीवन बीमा समूह १७.६६ अंकले उकालो लाग्दै ९५९४.६९ को बिन्दुको उचाईमा पुग्यो। 

त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि ७६.०८ अंकले बढ्दै ७९७१.९९ को उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
अघिल्लो दिनजस्तै आज पनि नेप्से परिसूचकमा वृद्धि देखियो। अघिल्लो कारोबार दिन ४.१७ अंकले बढेको नेप्से परिसूचक आज भने दोहोरो अंकले अघि बढ्यो। आज नेप्से परिसूचक १४.६८ अंकले बढ्दै १६००.९७ को बिन्दुमा पुग्यो। यो दिन बजारमा १९५ कम्पनीका १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा १२३ कम्पनीको सेयरमूल्यमा हरियालि छायो भने ३७ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आयो। 

यस्तै आज दुईवटा समूह बाहेक अन्य सबै समूहहरुको परिसूचकमा बढोत्तरी आयो। यो दिन विकास बैंक समूहका लगानीकर्ता मालामाल भए। यो समूहको परिसूचक आज ७७.९८ अंकले बढ्यो। यसैगरी हाईड्रो समूहमा पनि ७५.९३ अंकको वृद्धि भयो। बैंकिङ समूह ५.५३ अंकले बढेको यो दिन व्यापार ६.९, होटल ५२.६७, वित्त २३.१४, अन्य ४.७ र म्युचुअल फन्ड ०.०५ अंकले बढे। 

आज उत्पादन तथा प्रशोधन र लघुवित्त समूह क्रमश ०.२ र १.०३ अंकले घटे। 

आज २४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जसमा अधिकांश जलविद्युत् कम्पनीहरु छन्। 

यो दिन कर्णाली विकास बैंक, नेसनल हाइड्रोपावर, बरुण हाइड्रोपावर र सेन्जेन जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्यो। 

यसैगरी आज दिव्यश्वरी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, तिनाउ मिसन डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रोपवार, खानीखोला हाइड्रोपावर, नेपाल हाइड्रो, राइराङ हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो, सांग्रिला डेभलपमेन्ट बैंक, अपी पावर, पोखरा फाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, पाँचथर पावर, ङादी ग्रुप, जोशी हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमालय दोलखा हाइड्रोपावर र कालिका पावरको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

यो दिन अन्य आधा दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको उछाल आएको छ। 

आज लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुले धेरै गुमाए। यो फन्डको इकाइमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन अरुण काबेली पावरको सर्वाधिक १५ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।  

अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको यो दिन सानिमा माई हाइड्रोपावरको ११ करोड १० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १० करोड ८८ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १० करोड ६५ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ९६ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको ९ करोड २७ लाख रुपैयाँ, अपी पावरको ८ करोड ३ लाख रुपैयाँ, बुटवल पावरको ७ करोड ८९ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको ७ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

 


Share this with your friends: