परिसूचकमा सामान्य अंकको वृद्धि, बीमातर्फ रिलायन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

2020-09-24
परिसूचकमा सामान्य अंकको वृद्धि, बीमातर्फ रिलायन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। आज जीवन बिमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा रातो पोतियो। अघिल्लो कारोबार दिन यि दुवै समूहको परिसूचकमा वृद्धि देखिएको थियो।  

आज जीवन बीमा समूहको परिसूचक ४४.१ अंकले घट्दै ९६९६.९५ को बिन्दुमा झर्यो। हिजो जीवन बीमा समूहमा ९४.६८ अंकले उकालो लागेको थियो। 

त्यस्तै आज निर्जीवन बीमा समूहमा पनि गिरावट आयो। निर्जीवन बीमा समूहको परिसूचक ५३.९७ अंकले ओरोलो लाग्दै ७९३०.५३ को बिन्दुमा सिमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा आज एउटा मात्रै बीमा कम्पनीको रुपमा रिलायन्स लाइफ इन्स्योरेन्स रह्यो। आज रिलायन्स लाइफको सेयरमूल्य १.९६ अर्थात १३ रुपैयाँले घट्यो। यो गिरावटसँगै कम्पनीको सेयरमूल्य ६४९ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा सामान्य वृद्धि देखियो। अघिल्लो कारोबार दिन ९.३७ अंकले बढेको नेप्से परिसूचक आज ५.७४ अंकले बढ्दै १५६१.२७ को उचाईमा पुग्यो। यो दिन बजारमा १९३ कम्पनीका ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँमा किनबेच भयो। 

आज व्यावार र हाइड्रो समूहमा लगानीकर्ता आर्कषित देखिए। यो दिन व्यापार समूह ७०.८५ र हाइड्रो ५५.७१ अंकले बढे। १२ वटा समूहको परिसूचकमध्ये आज ६ वटा समूहको परिसूचकमा गिरावट आयो। 

विकास बैंक १.६७ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन ९.३, लघुवित्त ०.५२ र म्युचुअल फन्ड ०.०१ अंकले घटे। 
आज बैंकिङ, होटल,वित्त,र अन्य समूह क्रमश,०.९३, १७.२७, ९.६२ र ८.९४ अंकले बढे। 

आज हाइड्रोका लगानीकर्ताहरु मालामाल भएका छन्। आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। अपी पावर, माउन्टेन हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, सिनर्जी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र वरुण हाइड्रोपवारको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। 

यसैगरी अरुण भ्याली हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, घलेम्दी हाइड्रो, युनाइटेड फाइनान्स, रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत् र अरुण काबेली पावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले बढ्यो। 
यो दिन सिजिजन्स म्युचुअल फन्ड १ को इकाइ मूल्यमा २ प्रतिशत बढीको गिरावट आयो। 

आज नेप्सेमा सूचीकृतमधये १९३ कम्पनीका ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँमा कारोबार भयो।  
यो दिन अरुण काबेली पावरको सर्वाधिक १४ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भयो। माथिल्लो तामाकोशीको ९ करोड ५९ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ३८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको ८ करोड ५१ लाख रुपैयाँ, अपी पावरको ७ करोड २६ लाख रुपैयाँ, नेसनल हाइड्रोको ५ करोड ३१ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ५ करोड १६ लाख रुपैयाँ, नागरिक लगानी कोषको ५ करोड ५ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको ४ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भयो।


Share this with your friends: