प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

2022-05-29
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाणडौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३९ हजार ८२० कित्ता संस्थापक सेयर आज(जेठ १५ गते)देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । 

बैंकले संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालको नाममा रहेको २९ हजार ८२० कित्ता र नितु अग्रवालको नाममा रहेको १० हजार कित्ता गरी कुल ३९ हजार ८२० कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री बिक्रीमा राखेको हो ।  

इच्छुक खरीदकर्ताहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।


Share this with your friends: