बजार करेक्सन भएको दिन यस्तो रह्यो बीमा कम्पनीहरुको प्रर्दशन !

2020-08-27
बजार करेक्सन भएको दिन यस्तो रह्यो बीमा कम्पनीहरुको प्रर्दशन !

काठमाण्डौ । लगातार चार दिन बढेको बजारमा आज करेक्सन आएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीको उसमूहको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक ११.०५ अंकको वृद्धि हुदै ९००१.७४ को उचाईमा पुग्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक १९.७३ अंकको वृद्धि हुदै ७२००.८३ को बिन्दुमा पुग्न सफल बन्यो। १२ वटा परिसूचक मध्य आज जीवन बीमा, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधनको परिसूचकमा मात्रै हरियो पोतियो। यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनी पर्न सफल बन्यो। सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा २५ रुपैयाँले बढ्दै ८५४ रुपैयाँ कायम भयो। 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचक ४ अंकले घटी १४५८.०४ को बिन्दुको उचाईमा पुग्यो। बजारमा १८८ कम्पनीका ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँमा किनबेच भयो। 

बैंकिङ समूह ४.०६ अंकले घटेको यो दिन, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.८९, जलविद्युत ७.१७, वित्त ३.२७ र अन्य ०.४६ अंकले घटे। त्यस्तै लघुवित्त समूह २३.५ अंकले घट्यो भने म्युचुअल फण्ड पनि ०.०७ अंकले घट्यो। 

आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४१.१६ अंकले बढ्यो। 

यो दिन एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्यमा पोजेटिभ सक्र्रिट लाग्यो। यो कम्पनीको सेयर मूल्यमा ३३ रुपैयाँको बढोत्तरी आयो। 

आज सामूदायिक लघुवित्त संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। यो दिन यो कम्पनीको सेयर मूल्यमा ४.०७ प्रतिशतको गिरावट आयो। 
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीले २२ करोड ४६ लाख बढीको कारोबार गर्यो। धेरै कारोबार गर्नेमा आज पनि बीमा कम्पनीहरु कै दबदबा रह्यो। धरै कारोबार गर्ने बीमा कम्पनीमा नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स नेपाल इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहे। 

 


Share this with your friends: