बजारमा निरन्तर उछाल, बीमा कम्पनीहरुको निराशाजनक प्रदर्शन

2020-09-02
बजारमा निरन्तर उछाल, बीमा कम्पनीहरुको निराशाजनक प्रदर्शन

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बीमा कम्पनीहरुको प्रर्दशन निराशाजनक रह्यो। बजारमा उछाल आएको दिन आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको परिसूचकमा भने गिरावट देखियो। आज जीवन बीमा कम्पनीको परिसूचकमा ८८.६८ अंकले घट्दै ९२१९.७१ के बिन्दुमा सिमित बन्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि १२५.८९ अंकले घट्दै ७४०२.९४ को बिन्दुमा सिमित बन्यो। १२ वटा परिसूचक मध्य आज जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा मात्रै रातो पोतियो। यि समूहको परिसूचक बाहेक अन्यको परिसूचकमा भने हरियो पोतियो ।

यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यस्तै सबैभन्दा धेरै गुमाउने कम्पनीको सुचिमा भने बीमा कम्पनीहरुको संख्या धेरै देखियो। यो दिन सबैभन्दा धेरै गुमाउने बीमा कम्पनीहरुमा प्रभु इन्स्योरेन्स, प्रुडेन्सीयल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहे। यि कम्पनीको सेयर मूल्यमा क्रमश २७ रुपैयाँ, २२ रुपैयाँ, ३१ रुपैयाँ, २० रुपैयाँ, १८ रुपैयाँ, २६ रुपैयाँ, २५ रुपैयाँ र २२ रुपैयाँले गिरावट आयो। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचक २५.५८ अंकले बढी १५१०.५७ को बिन्दुको उचाईमा पुग्यो। बजारमा १८६ कम्पनीका ९६ लाख ८६ हजार ९ कित्ता सेयर ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँमा किनबेच भयो। 

बैंकिङ समूह १९.७८ अंकले बढेको यो दिन व्यापार, होटल, विकाश बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूह क्रमश १९.७८, १५.८४, १.०२, २६.४५, ९४.२२, ७.७५, ३१.४२ र ३७.११ अंकले घटे। 

यो दिन १९ वटा हाइड्रो कम्पनीसहित २१ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको उछाल आयो। 

आज पाँचथर पावर कम्पनी, ङदी ग्रुप, जोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, राधी विद्युत, रिदि हाइड्रोपावर, युनियन हाइड्रोपावर र अपी पावरको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी आयो। 

यसैगरी चिलिमे हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, अपर तामाकोशी हाइड्रोपावर, हिमालयन पावर, एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन हाइड्रो, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, सिनर्जी पावर र कालिका पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। 

आज पाँचथर पावर कम्पनी, ङदी ग्रुप, जोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, राधी विद्युत, रिदि हाइड्रोपावर, युनियन हाइड्रोपावर र अपी पावरको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन प्रभु इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आयो। 
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६७ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

यसैगरी शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ५१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७५ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १४ करोड ६७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको १४ करोड ६० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ५२ लाख रुपैयाँ, शिवम् सिमेन्टको ११ करोड ४८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ४६ लाख रुपैयाँ र नेपाल बैंकको ८ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: