बजारमा १३.०५ अंकको वृद्धि, बीमा परिसूचकमा उछाल

2020-09-09
बजारमा १३.०५ अंकको वृद्धि, बीमा परिसूचकमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा उछाल आयो। १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि बीमा कम्पनीको परिसूचकमा भयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक १६६.७७ अंकले बढ्दै ९३३१.५२ को उचाईमा पुग्यो। 
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २६१.८१ अंकले बढेर ७७३६.१७ बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। यो दिन रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा ३४ रुपैयाँको बढोत्तरी आयो। यो बढोत्तरी संगै कम्पनीको प्रति सेयर मूल्य ३७४ रुपैयाँको उचाईमा पुग्यो। 

त्यस्तै सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ३९ रुपैयाँले बढेर ६१५ को उचाईमा पुग्न सफल बन्यो। यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो
हिजो देखि लयमा फर्किएको बजारमा आज पनि बढोत्तरी आयो। आज नेप्से परिसूचक १३.०५ अंकले बढ्दै १५०८.२० को बिन्दुमा पुग्यो। यो दिन बजारमा १९४ कम्पनीका ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँमा किनबेच भयो। 

यो दिन सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा कम्पनीको परिसूचकमा भयो। आज २ वटा समूहको परिसूचक बाहेक अन्य सबैमा हरियो पोतियो। आज बैंकिङ र विकास बैंक समूहको परिसूचक क्रमश १.८९ र ५.४८ अंकले घटे। व्यापार समूह ३४.९ अंकले बढेको यो दिन, होटल २०.४१, जलविद्युत ७.०२, वित्त १.४९, उत्पादन तथा प्रशोधन २४.२४, अन्य १९.३४, लघुवित्त ५५.४४ र म्युचुअल फन्ड ०.०२ अंकले बढे। 

आज ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सक्र्रिट लाग्यो। आज राष्ट्रिय बीमा कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको र्पोमोटर सेयर र आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले धेरै कमाए। 

आज नेप्सेमा सूचीकृतमध्ये १९४ कम्पनीका ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँमा कारोबार भएको छ। 
आज पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २२ करोड ३१ लाख रुपैयाँको कारोबार भयो। 

यसैगरी नागरिक लगानी कोष ९सीआईटी० को १८ करोड ६४ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ६३ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १२ करोड ३६ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १२ करोड १३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ८० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ९२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ७ करोड ७२ लाख रुपैयाँ, नेपाल बैंकको ६ करोड ८१ लाख रुपैयाँ र फस्र्ट माइक्रोफाइनान्सको ५ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: