बजारमा निरन्तर वृद्धि, बीमा कम्पनीका लगानीकर्ता मालामाल

2020-09-10
बजारमा निरन्तर वृद्धि, बीमा कम्पनीका लगानीकर्ता मालामाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन्। आज बीमा कम्पनीको परिसूचकमा उछाल आयो। आज १२ वटा समूहको परिसूचकमध्य सबैभन्दा बढी वृद्धि निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक २९९.२ अंकले बढेर ८०३५.३६ को उचाईमा पुगन सफल बन्यो। 

त्यस्तै जीवन बीमा कम्पनीको परिसूचक पनि २०४.५३ बढ्दै ९५३६.०४ को उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा ३ वटा बीमा कम्पनीले आफ्नो स्थान बनाउन सफल भए। यो दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर मूल्य १०८६ रुपैयाँले बढ्यो। त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ३७ रुपैयाँले बढ्दै ४११ रुपैयाँ कायम भयो। यसैगरी इभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४१ रुपैयाँले बढ्यो। 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनैपनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
हिजो १३.०५ अंकले बढेको नेप्सेमा आज पनि दोहोरो अंकको बढोत्तरी देखियो। आज नेप्से परिसूचक १२.५० अंकले बढ्दै १५२०.७१ को बिन्दुमा पुग्यो। यो दिन बजारमा १८९ कम्पनीका ४२ लाख ४५ हजार ६३४ कित्ता सेयर २ अर्ब १५ करोड ९९ लाख ९४ हजार ९६३ रुपैयाँमा किनबेच भयो। 
आज ३ वटा समूहको परिसूचक बाहेक बाँकि सबैमा हरियालि छायो। यो दिन व्यापार समूह ३०.२१, होटल १.१३ र म्युचुअल फण्ड ०.०२ अंकले घटे। 
बैंकिङ समूह ३.८३ अंकले बढेकाृ यो दिन विकास बैंक १५.७, जलविद्युत २.३१, वित्त २.२४, उत्पादन तथा प्रशोधन ३६.३२, अन्य ०.३९ र लघुवित्त ३३.७३ अंकले बढे। 

आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो दिन राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, रिलायन्स लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो । आज एनआरएन लघुवित्तको सेयरमूल्यमा पनि ९ प्रतिशत बढी वृद्धि भएको छ ।

यो दिन नबिल इक्विटी फन्डको इकाई मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्यमा झण्डै ६ प्रतिशतको हाराहारीमा गिरावट आयो । 

आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर २ अर्ब १७ करोड ६८ लाख २८३ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो । यो कम्पनीको मात्र १७ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भयो ।

नागरिक लगानी कोष ९सीआईटी० को ९ करोड २३ लाख रुपैयाँको कारोबार भएको यो दिन नेपाल लाइफ इन्स्यारेन्सको ९ करोड १ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्यारेन्सको ८ करोड ५९ लाख रुपैयाँ, एभरेस्ट इन्स्योरेन्सको ८ करोड ४३ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ६ करोड ४० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ३५ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ५ करोड ९२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ५ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भयो।   


Share this with your friends: