बजारमा करेक्सन आएको दिन कारोबार रकममा बीमा कम्पनीहरुको दबदबा,

2020-09-15
बजारमा करेक्सन आएको दिन कारोबार रकममा बीमा कम्पनीहरुको दबदबा,

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा भने गिरावट आयो । १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहको परिसूचकमा भयो ।

यो दिन जीवन बीमा परिसूचक १७.३३ अंकले बढ्दै ९७५७.९३ को बिन्दुमा पुग्यो भने निर्जीवन बीमा कम्पनीको परिसूचक भने ३.२३ अंकले घट्दै ८१०५.५१ को बिन्दुमा सीमित बन्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान बनाउन सफल बन्यो । आज यो कम्पनीको सेयरमूल्यमा ४९ रुपैयाँको बढोत्तरी आउदै पोजेटिभ सक्रिर्ट लाग्यो । कम्पनीको सेयरमूल्यमा ४९ रुपैयाँको वृद्धि संगै प्रति सेयरमूल्य ५४६ को उचाईमा पुग्यो । हिजो पनि रिलायन्स लाइफको सेयरमूल्यमा ४५ रुपैयाँको वृद्धिसंगै पोजेटिभ सक्रिर्ट लागेको थियो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा करेक्सन आएको छ । लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्न लाग्दा बिक्री चाप बढ्दा  पर्दा नेप्से परिसूचकमा दवाव आई गिरावट आयो । यो दिन नेप्से परिसूचक ४.४७ अंकले करेक्सन हुदै १५३६.०३ को बिन्दुमा सिमीत बन्यो । यो दिन बजारमा १९१ कम्पनीका ५३ लाख ८३ हजार ५५४ कित्ता सेयर १ अर्ब ६९ करोड २ हजार ९४ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा ३ वटा समूहको परिसूचकमा मात्रै हरियालि छायो । यो दिन होटल ९.२४ र म्युचुअल फण्ड ०.०४ अंकले बढे । 
बैंकिङ समूह ३ अंकले घटेको यो दिन व्यापार १३४.७५, विकास बैंक १४.५५, जलविद्युत ८.१६, वित्त २.५, उत्पादन तथा प्रशोधन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ अंकले घटे । 

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो । दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 
आज युनियन हाइड्रोपावर र आँखुखोला जलविद्युतको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।

यो दिन माउन्टेन हाइड्रो नेपालको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।

आज नेप्सेमा सूचीकृत १९१ कम्पनीका ५५ लाख ३५ हजार ९८९ कित्ता सेयर १ अर्ब ७४ करोड ७८ लाख ६६ हजार ८७ रुपैयाँमा कारोबार भयो। 
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ११ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भयो। कुमारी बैंकको ६ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ६ करोड २३ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ५ करोड ५५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७९ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ३ करोड ५३ लाख रुपैयाँ र शिवम् सिमेन्टको ३ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 


Share this with your friends: