बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्दै, बैंक चम्किँदै

2020-09-20
बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्दै, बैंक चम्किँदै

काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो । यो दिन जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो । आज जीवन बीमा कम्पनीको परिसूचक ५६.२६ अंकले घट्दै ९८२३.६९ को बिन्दुमा सिमित बन्यो । 

त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ७०.११ अंकले घट्दै ८०७७.३६ को बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनैपनि बीमा कम्पनीले स्थान बनाउन सकेनन् । यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा ३ अंकको झिनो वृद्धि देखियो । यो दिन नेप्से परिसूचक ३ अंकले बढ्दै १५७५.१८ को उचाईमा पुग्यो । यो दिन बजारमा १८८ कम्पनीका ९२ लाख २३ हजार ७१२ कित्ता सेयर २ अर्ब ७४ करोड २७ करोड ९५ हजार ६९२ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा १२ वटा समूहका परिसूचकमध्य ३ वटा समूहको परिसूचकमा मात्रै वृद्धि देखियो । आज सबैभन्दा धेरै वृद्धि वित्त समूहको परिसूचकमा आयो । वित्त समूह २८.६६ अंकले बढ्यो भने बैंकिङ र विकास बैंक क्रमश १९.४१ र २५.८८ अंकले बढे । 

यस्तै आज सबैभन्दा धेरै गिरावट होटल समूहको परिसूचकमा आयो । होटल समूह ९६.६५ अंकले घटेको यो दिन जलविद्युत ५२.३७, उत्पादन तथा प्रशोधन २.१७, अन्य १०.३६, लघुवित्त १३.८१ र म्युचुअल फन्ड ०.१ अंकले घटे । 

आज खानीखोला हाइड्रोपावर, रिलायन्स फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै कमाए। खानीखोलाको सेयरमूल्यमा १० प्रतिशत र रिलायन्स फाइनान्स तथा सप्तरीको डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

आज घलेम्दी हाइड्रो र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ। 

आजबाट कारोबारमा आएको लिवर्टी इनर्जीसँगै हिमाल दोलखा हाइड्रोपावर, हिमालय ऊर्जा, पाँचथर पावर, जोशी हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। लिवर्टी र हिमाल दोलखामा १० प्रतिशत र हिमालय, पाँचथर, जोशी तथा पञ्चकन्यामा १० प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

आज ओरेन्टिल होटेल्सको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 
 
आज आइतबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १८८ कम्पनीका सेयर ६४ हजार ५२० पटक कारोबार हुँद ७० कम्पनीका सेयरमूल्य उकालो लाग्यो भने ९६ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। सात कम्पनीका सेयरमूल्यमात्र स्थिर रहयो। आज ती १८८ कम्पनीका ९२ लाख २३ हजार ७१२ कित्ता सेयर २ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ रुपैयाँमा कारोबार भएको छ। 

आज रिलायन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक १९ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भयो। 

नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २९ लाख रुपैयाँको कारोबार भएका यो दिन नेपाल बैंकको १४ करोड २० लाख रुपैयाँ, सिभिल बैंकको ७ करोड ५० लाख रुपैयाँ, अरुण काबेली पावरको ७ करोड ३६ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ४१ लाख रुपैयाँ, कुमारी बैंकको ६ करोड १६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५ करोड १७ लाख रुपैयाँ, नागरिक लगानी कोषको ५ करोड रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।


Share this with your friends: