बीमाको ओरालो यात्रा कायमै, कारोबार रकम पनि खुम्चियो

2020-10-13
बीमाको ओरालो यात्रा कायमै, कारोबार रकम पनि खुम्चियो

काठमाण्डौ । बीमा समूहहरुमा केही दिनयताको जारी गिरावटले आज पनि निरन्तरता पायो। आज दुवै जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ४८.४१ अंकले घट्दै ७७५०.७० को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो। 

त्यस्तै जीवन बीमा समूह पनि ३८.९४ अंकले घट्दै ९४९२.५० को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीकमाने सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा समेत कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
अघिल्लो दिन सामान्य अंकको वृद्धि देखिएको नेप्से परिसूचकमा आज भने गिरावट आयो। आज नेप्से परिसूचक ९.४२ अंकले घट्दै १५६८.५९ को बिन्दुमा झर्यो। यो दिन बजारमा १९३ कम्पनीका ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ रुपैयाँमा किनबेच भयो। 

आज ३ वटा समूहको परिसूचकमा मात्रै वृद्धि देखियो। उत्पादन तथा प्रशोधन समूह १०.८४ अंकले बढेको यो दिन व्यापार र म्युचुुअल फन्ड क्रमश १.४९ र ०.०५ अंकले बढे। 

यस्तै बैंकिङ समूह ७.७, होटल १०.०६, विकास बैंक ८.५६, हाइड्रो २७.८४, वित्त १६.३, अन्य १.५१ र लघुवित्त १३.६३ अंकले घटे। 

आज ज्योति विकास बैंकका सेयरधनीहरुले धेरै कमाए। यो बैंकको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो। 

यो दिन पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आयो।

आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ रुपैयाँमा कारोबार भयो । 
यो दिन अरुण काबेली पावरको सर्वाधिक ११ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ज्योति विकास बैंकको ११ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन मुक्तिनाथ विकास बैंकको ८ करोड ५३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३२ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ५ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड २४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ११ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ४ करोड १५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३ करोड ९७ लाख रुपैयाँ र एनएमबी बैंकको ३ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भयो। 

  
 


Share this with your friends: