बीमामा चमक कायमै, बजारमा हरियाली

2020-10-20
बीमामा चमक कायमै, बजारमा हरियाली

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहमा हरियालि छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको पसिूचकमा उछाल आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा देखियो। जीवन बीमा समूह ७३.२५ अंकले अघि बढ्दै ९५४७.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ५०.५९ अंकको बढोत्तरी आएको थियो। 

त्यस्तै निर्जीवन बीमा समूह पनि ५३.३५ अंकले बढ्दै ७८८८.६४ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा ९९.५२ अंकको बढोत्तरी आएको थियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि हुदै पोजेटिभ सक्रिर्ट लाग्यो। आज यो कम्पनीको सेयरमूल्य ४४ रुपैयाँले बढ्दै ४८८ रुपैयाँ कायम भयो। धितोपत्र दोस्रो बजारमा कारोबार भएको पहिलो दिनदेखि नै यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सक्रिर्ट लाग्दै आइरहेको छ। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा एनएलजी इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य १.१२ प्रतिशतले ओरालो लाग्दै प्रतिकित्ता ७०५ रुपैयाँमा सीमित बन्यो। 

बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि आयो। आज नेप्से परिसूचक १२.४७ अंकले बढ्दै १५८२.८४ को उचाईमा पुग्यो। यो दिन बजारमा १९३ कम्पनीका ४९ लाख १३ हजार ४९७ कित्ता सेयर १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७०७ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै समूहमा हरियालि छायो। बैंकिङ समूह ७.३५ अंकले बढेको यो दिन व्यापार ५.०७, होटेल १५.८५, विकास बैंक १९.८२, हाइड्रोपावर २६.७९, वित्त ३.८२, उत्पादन तथा प्रशोधन २४.२६, अन्य ११.०५, लघुवित्त १५.४१ र म्युचुअल फन्ड ०.११ अंकले बढे। 

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। यो दिन जनरल इन्स्योरेन्स, माउन्टे हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज जोशी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भयो।

आज नेपाल फाइनान्सको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट आयो।

आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ४९ लाख १३ हजार ४९७ कित्ता सेयर १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७०७ रुपैयाँमा कारोबार भयो। 

यो दिन अरुण काबेली पावरको सर्वाधिक ८ कराड ८२ लाख रुपैयाँ बढीको कारोबार भयो। 

आज अपी पावरको ७ करोड ६५ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ५ करोड ९९ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ९९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ७१ लाख रुपैयाँ, कुमारी बैंकको २ करोड ५९ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड ३४ लाख रुपैयाँ, नेसनल हाइड्रोको २ करोड ३१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: