बीमा कम्पनीहरुको कारोबार रकममा चमत्कारीक वृद्धि, धेरै कमाउनेमा पनि ४ स्थान कब्जा

2020-08-25
बीमा कम्पनीहरुको कारोबार रकममा चमत्कारीक वृद्धि, धेरै कमाउनेमा पनि ४ स्थान कब्जा

काठमाण्डौ । साताको तेस्रो दिन पनि बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। यसका साथै आज बीमा कम्पनीहरुको कारोबार रकममा व्यापक उछाल देखिएको छ। साताको पहिलो दिनदेखि देखिएको वृद्धिले आज दुवै उपसमूहको परिसूचकमा निरन्तरता पाएको छ। आज जीवन बीमा कम्पनीको परिसूचक १५१.७३ अंकको वृद्धि हुदै ९००८.६६ को उचाईमा पुग्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ३२.२६ अकंले बढ्दै ७१२९.४८ बिन्दुको उचाईमा पुग्न सफल रह्यो। १२ वटा परिसूचकमध्ये आज पनि सबैभन्दा धेरै वृद्धि जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसुचकमा देखियो। 

यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा ४ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफ ल बने। यो दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा ४८ रुपैयाँको बढोत्तरीसंगै कम्पनीको प्रति सेयर मूल्य ६७२ रुपैयाँ कायम भयो। त्यस्तै सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य २९ रुपैयाँले बढ्दै ५२० कायम भयो। प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य २८ रुपैयाँले बढ्दै ६१९ रुपैयाँ कायम भयो। यसैगरी गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि २१ रुपैयाँको बढौत्तरी भयो। यससंगै कम्पनीको प्रति सेयर मूल्य ५१८ कायम भयो। 
यो दिन सबैभन्दा धेरै गुमाउने कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?
यो दिन नेप्से परिसूचक ९.३४ अंकले बढी १४४०.९४ को बिन्दुमा पुग्यो। बजारमा १८९ कम्पनीका ३९ लाख ४० हजार ६९१ कित्ता सेयर १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० रुपैयाँमा किनबेच भयो। 

यो दिन व्यापार, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक बाहेक सबैमा हरियो पोतियो। यि समूहको परिसूचकमा क्रमश ३.०६, ७.२५ र ०.०१ अकंको गिरावट आयो। 
हरियो पोतिएका समूहमा बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, वित्त, अन्य र लघुवित्त रहे। यि समूहको उपसूचकमा क्रमश १.९२, १०.२, २.७७, ९.०५, १.२, १८.५७ र २०.०८ अंकको वृद्धि आयो। 

यो दिन सबैभन्दा धेरै कमाउनेमा नेपाल रिन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहे। यो कम्पनीका लगानीकर्ताले आज प्रति सेयर ४८ रुपैयाँ कमाए। 
त्यस्तै सबैभन्दा धेरै सम्वृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताहरुले गुमाए। 

यो दिन सबैभन्दा धेरै कारोबार गर्ने र्शीष १० कम्पनीमध्ये ७ वटा कम्पनीले आफ्नो स्थान बनाउन सफल बने। यो दिन नेपाल रिइन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एसिएन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमश २८ करोड ७४ लाख, १ करोड ४२ लाख, ८ करोड ४३ लाख, ८ करोड ९ लाख, ५ करोड ९१ लाख, ५ करोड २३ लाख, ३ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार गरे।        

 

 


Share this with your friends: