बीमा समूहमा पहिरो, बजारमा हल्का करेक्सन

2020-09-21
बीमा समूहमा पहिरो, बजारमा हल्का करेक्सन

काठमाण्डौ। साताको दोस्रो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै यो दिन पनि जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो। आज जीवन बीमा कम्पनीको परिसूचक ६७.८५ अंकले ओरालो लाग्दै ९७५५.८५ को बिन्दुमा सिमित बन्यो। 
त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ५४.९८ अंकले घट्दै ८०२२.३८ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा करेक्सन आयो। लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा करेक्सन आएको हो। यो दिन बजारमा १९५ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता सेयर २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँमा किनबेच भयो। यो दिन बजारमा बिक्री चाप धेरै देखियो। 

आज बजारमा एउटा मात्रै समूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचकमा रातो पोतियो। हरियालि छाउने एउटा मात्रै समूहमा उत्पादन तथा प्रशोधन समूह रह्यो। यो समूहको परिसूचक १२.२३ अंकले बढ्यो। 

बैकिङ समूहको परिसूचक ४.३२ अंकले घटेको यो दिन व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत ५.८८, वित्त ९.४३, अन्य १.४३, लघुवित्त ७.३८ र म्युचुअल फन्ड ०.११ अंकले घटे। 

आज युनाइटेड फाइनान्सका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट नै लाग्यो। 
यो दिन लिवर्टी इनर्जी, राइराङ हाइड्रोपावर र घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। लिवर्टी इनर्जीको सेयरमूल्यमा १० प्रतिशत र राइराङ हाइड्रापावर र घलेम्दी हाइड्रोका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो। 

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता सेयर २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँमा कारोबार भयो। 
आज नेपाल बैंकको सर्वाधिक २१ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन रिलायन्स लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ५३ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ५ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ४३ लाख रुपैयाँ, सिभिल बैंकको ५ करोड २५ लाख रुपैयाँ, अरुण काबेलीको ५ करोड २१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: