बुलिस ट्रेण्डमा बजार, बीमाको निरन्तर उछाल

2020-10-21
बुलिस ट्रेण्डमा बजार, बीमाको निरन्तर उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा वृद्धि देखियो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। निर्जीवन बीमा समूह ६४.२८ अंकले बढ्दै ७९५५.३२ को उचाईमा पुग्न सफल बन्यो। अघिल्लो कारोबार दिन यो समूहमा ५३.३५ अंकको बढोत्तरी आएको थियो। 

त्यस्तै आज जीवन बीमा समूह पनि ५७.९४ अंकले बढ्दै ९६०९.८६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा ७३.२५ अंकको बढोत्तरी आएको थियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको रुपमा एउटा मात्रै बीमा कमपनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सक्रिर्ट लाग्यो। आज यो कम्पनीको सेयरमूल्य ४८ रुपैयाँले बढ्दै ५३६ रुपैयाँ कायम भयो। कारोबार आएदेखि यो कम्पनीको सेयरमूल्यमा उछाल आइरहेको छ। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?
अघिल्लो कारोबार दिन जस्तै आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि आयो। आज नेप्से परिसूचक १३.९४ अंकले बढ्दै १५९७.७१ को उचाईमा पुग्यो। यो दिन बजारमा १९२ कम्पनीका ५५ लाख ९ हजार ४४८ कित्ता सेयर १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ४ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २१.५५ अंकले बढेको यो दिन व्यापार २३.४, विकास बैंक १०.०४, अन्य ३.०५, लघुवित्त ३.४१ र म्युचुअल फन्ड ०.१ अंकले बढे। 

आज होटल, हाइड्रोपावर, वित्त र उत्पादन तथा प्रशोधन समूह क्रमश १५.०३, १४.०९, ०.६ र ६.३३ अंकले घटे। 

आज जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।

यो दिन नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आयो।

आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका ५५ लाख ९ हजार ४४८ कित्ता सेयर १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँमा कारोबार भयो। 

आज एनआईसी एसिया बैंकको सर्वाधिक २४ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भयो। कुमारी बैंकको ८ करोड ३९ लाख रुपैयाँ कारोबार भएको यो दिन नेपाल बैंकको ७ करोड ४३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ४ करोड ५३ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड १० लाख रुपैयाँ, अपी पावरको ३ करोड ८४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी विकास बैंकको संस्थापक सेयरको ३ करोड ६५ लाख रुपैयाँ र मेगा बैंकको ३ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: