मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

2021-08-18
मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले १७ करोड ६४ लाख १११ कित्ता आईपीओ निष्कासन गर्नका लागि बिओके क्यापिटललाई आईपीओ बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

यस सम्बन्धमा आज मन्दाकिनी हाइड्रोपावर र बीओके क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेशबहादुर बस्नेत र बीओके क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्ने गर्नेछ। 


Share this with your friends: