मुनाफा सुरक्षित गर्न लाग्दा नेप्सेमा झिनो गिरावट, बीमा परिसूचकमा भने पुनरागमन

2020-09-03
मुनाफा सुरक्षित गर्न लाग्दा नेप्सेमा झिनो गिरावट, बीमा परिसूचकमा भने पुनरागमन

काठमाण्डौ । अघिल्लो दिनको प्रर्दशनमा सुधार गर्दे नेप्सेमा आज बीमा कम्पनीहरुले पुनरागमन गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक १५.३२ अंकले वृद्धि हुदै ९२३५.०३ को उचाईमा पुग्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ६७.३४ अंकले अघि बढ्दै ७४७०.२८ बिन्दुको उचाईमा पुग्न सफल बन्यो। यो दिन १२ वटा समूहको परिसूचक मध्य निर्जीवन बीमा कम्पनीको परिसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीहरु पर्न सफल बनेनन्। 

त्यस्तै यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा समेत कुनै पनि बीमा कम्पनी परेनन। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा करेक्सन आयो। पछिल्ला केहि दिनदेखि लगातार बढीरहेको बजारमा लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्न तर्फ लागेपछि बजारमा करेक्सन आएको हो। आज नेप्से परिसूचक झिनो अंक अर्थात ०.१५ अंकले घट्दै १५१०.४२ को बिन्दुमा सिमित बन्यो। यो दिन बजारमा १८६ कम्पनीका ९३ लाख २ हजार ९७० कित्ता सेयर २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाँमा किनबेच भयो। 

यो दिन १२ वटा परिसूचक मध्य ५ वटा परिसूचकमा रातो पोतियो। यो दिन बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक क्रमश २.९६, ९.७१, ४.७१, २४.९८ र ३५.९४ अंकले घटे। 

यसैगरी होटल समूह ३१.७४ अंकले बढेको यो दिन वित्त ०.०७, अन्य ११.९७, लघुवित्त ७.४६ र म्युचुअल फन्ड ०.०६ अंकले बढे। 

आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो।यो दिन उन्नति सहकार्य लघुवित्त, अरुण काबेली र एनआरएन इन्फ्रास्टक्चरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन जोशी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो। आज पाँचथर पावर कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारी र हिमालयन पावरको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आयो। 

आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ९३ लाख २ हजार ९७० कित्ता सेयर २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भयो। शिखर इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेको इन्स्योरेन्सको ९ करोड ४७ लाख रुपैयाँ, नेपाल बैंकको ८ करोड ९९ लाख रुपैयाँ, अरुण काबेलीको ८ करोड ६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ८७ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड १३ लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड ५२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको ४ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: