यो साता अधिकांश जीवन र निर्जीवन बीमा कम्पनीको खराब प्रदर्शन, रिलायन्स र हिमालयनका लगानीकर्ताले मात्र कमाए

2020-09-18
यो साता अधिकांश जीवन र निर्जीवन बीमा कम्पनीको खराब प्रदर्शन, रिलायन्स र हिमालयनका लगानीकर्ताले मात्र कमाए

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आइरहेका बीमा कम्पनीहरुको यो साता भने प्रदर्शन खराब देखिएको छ । यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका अधिकांश कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो । 

यो साता जीवन बीमा कम्पनीहरुतर्फ एउटामात्रै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो । जीवन बीमा कम्पनीहरुमध्ये धितोपत्र बजारमा भर्खरै प्रवेश गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा मात्रै बढोत्तरी आयो । 

यो एक साताको अवधिमा रिलायन्स लाइफको सेयरमूल्य २०८ रुपैयाँले बढ्यो । ४५२ रुपैयाँको साथ कारोबारको थालनी गरेको यो कम्पनीको सेयर मूल्य साताको अन्तिम कारोबार दिन ६६० रुपैयाँका साथ बन्द भयो । अन्तिम कारोबार दिन रिलायन्सको सेयर मूल्यमा ६० रुपैयाँको बढोत्तरी आउदै पोजेटिभ सर्किट नै लागेको थियो । 

यो साता जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै गिरावट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा आयो । साताको पहिलो दिन १५६१ रुपैयाँ मूल्य रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन आइपुुग्दा १५२० रुपैयाँमा झर्यो । 

यसैगरी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा पनि २५ रुपैयाँको गिरावट आयो । पहिलो दिन ७७४ रुपैयाँको साथ कारोबार बन्द गरेको यो कम्पनीको सेयरमूल्य अन्तिम दिन पुुग्दा ७४९ रुपैयाँमा सीमित भयो । 

यो साता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्यले पनि अन्य बीमा कम्पनीको जस्तै नियति भोग्नुपर्यो । पहिलो दिन १४२४ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम दिन १४०६ रुपैयाँमा झर्यो । यसरी एक साताको अवधिमा यो कम्पनीका सेयरधनीले प्रतिसेयर १८ रुपैयाँका दरले गुमाए । 

यसैगरी यो अवधिमा नेशनल लाइफको सेयरमूल्यमा १२ रुपैयाँ, प्राइम लाइफ १५ रुपैयाँ र गुराँस लाइफको सेयरमूल्यमा ६ रुपैयाँको गिरावट आयो । 
यो साता सूूर्या लाइफको सेयरमूल्य भने ६४२ रुपैयाँका साथ अपरिवर्तित रह्यो । 

निर्जीवन बीमा कम्पनी
यो साता निर्जीवन बीमा कम्पनीहरुको कथा पनि जीवन बीमा कम्पनीहरुजस्तै देखियो । यो साता एउटा कम्पनीबाहेक सबै निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो । 

मालयन जनरल इन्स्योरेन्सको सेयरमूल्यमा मात्रै वृद्धि देखियो । यो कम्पनीको सेयरमूल्य यो साता १४ रुपैयाँले बढ्यो । पहिलो कारोबार दिन ५१९ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम दिन ५३३ रुपैयाँको उचाइमा पुुग्यो । 

निर्जीवन बीमा कम्पनीहरुमध्ये यो साता सबैभन्दा धेरै गिरावट राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा देखियो । एक साताको अवधिमा कम्पनीको सेयरमूल्य ६७९ रुपैयाँले घट्यो । 

यस्तै सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले समेत प्रतिसेयर २६ रुपैयाँका दरले गुमाए । पहिलो दिन ८०३ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम दिन ७७७ रुपैयाँ कायम भयो । 

एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले प्रतिसेयर २५ रुपैयाँले गुमाएको यो साता एनएलजीका लगानीकर्ताले २३ रुपैयाँ, प्रिमियर इन्स्योरेन्सकाले २१ रुपैयाँ, आइएमई जनरल र शिखर इन्स्योरेन्सकाले समान १८ रुपैयाँ, युनाइटेड इन्स्योरेन्सकाले १७ रुपैयाँ, नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सकाले समान १५ रुपैयाँ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले प्रतिसेयर ९ रुपैयाँका दरले गुमाए । 

यस्तै नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयरमूल्यमा समान ७ रुपैया, प्रुडेन्सियल इन्स्योरेन्सको ५ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्यमा २ रुपैयाँको गिरावट आयो । 

 


Share this with your friends: