राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने,कस–कसले दिन पाउँछन् आवेदन ?

2022-05-27
राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने,कस–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 
कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओ कम्पनीको जारीपूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार ७ गते र ढिलोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।   


Share this with your friends: