राप्ती हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

2022-06-07
राप्ती हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज(जेठ २४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको हो । यो आईपीओ कम्पनीको जारीपूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार ७ गते र ढिलोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।   


Share this with your friends: