रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-04-24
रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि गत चैत २७ गतेदेखि निष्कासन गरेको ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको १० प्रतिशत हुन आउँछ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।     


Share this with your friends: