रिभर फल्स पावरको आईपीओ बाडँफाँड,१५.५१ लाख आवेदकको हात खाली

2022-05-23
रिभर फल्स पावरको आईपीओ बाडँफाँड,१५.५१ लाख आवेदकको हात खाली

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। 

कम्पनीको आईपीओ आज(जेठ ९ गते)धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।  

प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९ हजार २५९ आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये १८ लाख ५ हजार ४४० आवदेन मात्रै सदर भएको क्यापिटलले जनाएको छ । बाँकी ३ हजार ८१९ आवेदन भने बदर भएको छ । 

गोलाप्रथाबाट बाँडफाँड गरिएको आईपीओमा कुल सदर आवेदकमध्ये २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी १५ लाख ५१ हजार ५५० आवेदकको हात भने खाली भएको छ। 

कम्पनीले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु। १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो । 

निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।


Share this with your friends: