रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

2022-05-29
रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीलाई जेठ ९ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो । 

सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कम्पनी र क्यापिटलबिच सम्झौता भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् । 

यससँगै अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटलबाट हुनेछ । रिभर फल्सपावरले गत वैशाख २८ गतेदेखि जेठ ४ गते सम्म २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको उक्त आईपीओ गत जेठ ९ गते बाँडफाँड भईसकेको छ ।


Share this with your friends: