रिलायन्सको सेयरमूल्यमा दिनहु सर्किट, टर्नओभरमा पुनर्बीमाको दबदबा

2020-09-16
रिलायन्सको सेयरमूल्यमा दिनहु सर्किट, टर्नओभरमा पुनर्बीमाको दबदबा

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो । आज जीवन बीमा समूहको परिसूचक ७२.१४ अंकले बढ्दै ९८३०.०७ बिन्दुको उचाईमा पुग्यो । 

त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४२.३७ अंकले अघि बढ्दै ८१४७.८८ बिन्दुको उचाईमा पुग्यो । अघिल्लो कारोबार दिन घटेको निर्जीवन बीमा समूहको परिसूचकमा आज भने सुधार आयो । 

आज सबैभन्दा कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । यो दिन कम्पनीको सेयरमूल्य ५४ रुपैयाँले बढ्दै प्रति सेयरमूल्य ६०० रुपैयाँ कायम भयो । यससंगै आज यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सक्रिट लाग्यो । रिलायन्सको सेयरमूल्यमा अघिल्लो कारोबार दिनमा पनि ४९ रुपैयाँको बढोत्तरीसंगै पोजेटिभ सक्रिट लागेको थियो । 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ? 
अघिल्लो दिन करेक्सन आएको नेप्से परिसूचकमा आज भने एकल अंकको वृद्धि देखियो । यो दिन नेप्से परिसूचक ५.३६ अंकले बढ्दै १५४१.४० को बिन्दुमा पुग्यो । यो दिन बजारमा १९४ कम्पनीका ६३ लाख ९० हजार ८३ कित्ता सेयर १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँमा किनबेच भयो । 
आज बजारमा एउटा समूहको परिसूचकमा बाहेक सबै परिसूचकमा हरियालि छायो । यो दिन बैंकिङ समूह ४.५८ अंकले घट्यो । व्यापार समूह २०.९३ अंकले बढेको यो दिन होटल १४२.८१, विकास बैंक २.०८, जलविद्युत ५४.०९, वित्त १.१३, उत्पादन तथा प्रशोधन २.८२, अन्य १.४८, लघुवित्त ४.८७ र म्युचुअल फण्ड ०.०६ अंकले बढे । 

यो दिन १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो।

सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, घलेम्दी हाइड्रो, वरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । 

यस्तै, एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, यूनाइटेड मोदी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, सोल्टी होटल, ङादी ग्रुप पावर लिमीटेड, रैराङ हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल र जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत हाराहारीमा वृद्धि भयो । 

यो दिन बजारमा नेपाल पुनर्बिमा कम्पनीले ९ करोड ६१ लाख बढीको कारोबार गर्यो । 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड ४६ लाख, नागरिक लगानीकोषले ५ करोड ६२ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ५ करोड ५३ लाख, सानिमा माई हाइड्रोले ५ करोड ३८ लाख, नेको इन्स्योरेन्सले ५ करोड १ लाख, अरुण काबेली पावर लिमीटेडले ४ करोड ७० लाख, प्रभू इन्स्योरेन्सले ३ करोड ६५ लाख, अरुण भ्याली हाइड्रोले ३ करोड ५८ लाख र अपी पावरले ३ करोड ५३ लाख बढीको कारोबार गरे । 

 


Share this with your friends: