लगानीकर्ता बैंकमा सिफ्ट हुँदा बीमामा देखिएन उत्साह

2020-09-27
symbolic photo

काठमाण्डौ। आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। गत साताको अन्तिम कारोबार दिन ओरोलो यात्राका साथ बन्द भएको बीमा समूहको परिसूचकमा आज पनि गिरावट देखिएको हो। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूहको परिसूचक ८३.५९ अंकले ओरालो लाग्दै ९६१३.३६ को बिन्दुमा झर्यो। 

त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ७२.५३ अंकले घट्दै ७८५८.०० को बिन्दुमा सिमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 
यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनीहरु परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखियो। अघिल्लो कारोबार दिन ५.७४ अंकले बढेको नेप्से परिसूचक आज पनि ४.२९ अंकले अघि बढ्यो। यो वृद्धिसँगै नेप्से परिसूचक १५६५.५५ को उचाईमा पुग्यो। यो दिन बजारमा १९१ कम्पनीका १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३७१ रुपैयाँमा किनबेच भयो। 

आज होटल र बैंकिङ समूहको परिसूचकमा धेरै वृद्धि देखियो। यि समूहहरु क्रमश ५१.७१ र १३.७४ अंकले बढे। विकास बैंक १३ अंकले बढेको यो दिन वित्त समूह ११.६३ अंकले बढ्यो। त्यस्तै म्युचुअल फन्डमा पनि ०.०३ अंकले बढ्यो। 

आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहको परिसूचकमा आयो। यो दिन व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त क्रमश १.९४, १३.१, ४४.८१, १.५४ र ६.६३ अंकले घटे। 

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स, माउन्टेन हाइड्रो, नेपाल फाइनान्स र राइराङ हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।

यसैगरी घलेम्दी हाइड्रो, वरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत, कर्णाली डेभलपमेन्ट बैंक र गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भयो। 

यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्यमा ७।११ प्रतिशतको गिरावट आयो। 
आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३७१ रुपैयाँमा कारोबार भयो। 

यो दिन सोल्टी होटेलको सबैभन्दा धेरै ४८ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोको १४ करोड २७ लाख रुपैयाँ, कुमारी बैंकको १३ करोड १५ लाख रुपैयाँ, सिभिल बैंकको ११ करोड १० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड रुपैयाँ, अपी पावरको ८ करोड ६५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ५६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकको ७ करोड ६८ लाख रुपैयाँ र अरुण काबेली पावरको ७ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।


Share this with your friends: