लयमा फर्कियो बजार, बीमा कम्पनीको परिसूचकमा पनि देखियो वृद्धि

2020-09-08
लयमा फर्कियो बजार, बीमा कम्पनीको परिसूचकमा पनि देखियो वृद्धि

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा हरियालि छायो। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा बढोत्तरी आयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक ४८.५९ अंकले बढ्दै ९१६४.७४ को उचाईमा पुग्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ७३.४३ अंकले बढेर ७४७४.३६ बिन्दुको उचाईमा पुगन सफल बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न
 सक्यो। यो दिन बीमा समूहका तर्फबाट सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा रिलायन्स लाइफले मात्रै आफ्नो स्थान बनाउन सक्यो। नेप्सेमा रिलायन्स लाइफको सेयर आज बाट कारोबारमा आएको थियो। 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
लगातार तिनदेखि गिरावट आएको बजारमा आज भने वृद्धि देखियो। आज नेप्से परिसूचक ७.३५ अंकले बढ्दै १४९५.१५ को बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा १९० कम्पनीका ४१ लाख ७५ हजार ३८३ लाख कित्ता सेयर १ अर्ब ७९ करोड ६५ लाख ४० हजार ४४९ रुपैयाँमा खरीद बिक्रि भयो। 
यो दिन १२ वटा परिसूचक मध्य १० वटा समूहको परिसूचकमा हरियालि छायो भने दुइवटा समूहको परिसूचकमा भने रातो पोतियो। 

यो दिन सबैभन्दा धेरै वृद्धि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा देखियो। आज यो समूहको परिसूचकमा ८०.६४ अंकको वृद्धि आयो। 
त्यस्तै व्यापार ८१.३ अंकले बढेको यो दिन विकास बैंक ७.०४, जलविद्युत २१.१, वित्त ४.४९ र अन्य १२.५६ अंकले बढे। यसैगरी लघुवित्त र म्युचुअल फन्ड क्रमश १९.१६ र ०.०१ अंकले बढे। 

आज ३ वटा कम्पनीका सेयरधनीहरुले उच्च कमाए। साल्ट ट्रेडिङ कर्पोरेसन, उन्नति सहकार्य लघुवित्त र एनआरएन लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो। यो दिन जोशी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भयो। 
धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो। 

आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता सेयर १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँमा कारोबार भएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २७ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भयो। नागरिक लगानी कोषको१२ करोड २२ लाख रुपैयाँको कारोबार भएको यो दिन नेको इन्सुरेन्सको ९ करोड ९१ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड २८ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ८ करोड २६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९७ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ४ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड ३८ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड २० लाख रुपैयाँ रुपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भयो।   

 


Share this with your friends: