लाभांश नपाउने भएपछि शिखर इन्स्योरेन्सको सेयर फालाफाल, बजारमा आज पनि करेक्सन

2020-09-22
लाभांश नपाउने भएपछि शिखर इन्स्योरेन्सको सेयर फालाफाल, बजारमा आज पनि करेक्सन

काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक २०७५÷७६ को मुनाफाबाट लाभांस नदिने घोषणाको प्रभाव कम्पनीको सेयरमूल्यमा देखिएको छ। लाभांस नपाउने भएपछि आज लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियोबाट शिखर इन्स्योरेन्सको सेयर धमाधम बिक्री गरे। जसका कारण आज यो कम्पनीको कारोबार अत्यधिक भएको छ। आज यो कम्पनीको ३१ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भयो। बिक्री चाप धेरै देखिएपछि कम्पनीको मूल्यमा आज ४५ रुपैयाँको गिरावट आयो। 

साताको तेस्रो कारोबार दिन आज जीवन बीमा कम्पनीको परिसूचकमा पहिरो आयो। अघिल्लो दिनजस्तै यो दिन पनि जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा व्यापक गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक १०९.४७ अंकले घट्दै ९६४६.३८ को बिन्दुमा सिमित बन्यो। हिजो यो यो समूहको परिसूचक ६७.८५ अंकले घटेको थियो। 

त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि ११२.६६ अंकले घट्यो।  यो गिरावटसँगै यो समूहको परिसूचक ७९०९.७३ को बिन्दुमा खुम्चियो। १२ वटा समूहको परिसूचकमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा कम्पनीको परिसूचकमा देखियो। अघिल्लो कारोबार दिनपनि यो समूहको परिसूचक ५४.९८ अंकले ओरोलो लागेको थियो। 

हिजो जस्तै आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनैपनि कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो आयो। लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा बिक्री चाप अत्यधिक देखियो। यो दिन बजारमा १९९ कम्पनीका ७८ लाख ५० हजार ६५ कित्ता सेयर २ अर्ब ८१ करोड ४ लाख २५ हजार २६८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै १२ वटा समूहको परिसूचकमा गिरावट आयो। बैंकिङ समूह २२.३६ अंकले घटेको यो दिन व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत २४.९१, वित्त १२.४९, उत्पादन तथा प्रशोधन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४ र म्युचुअल फन्ड ०.०८ अंकले घटे। 

आज युनाइटेड फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो।

यो दिन लिबर्टी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो। 
यसैगरी घलेम्दी हाइड्रो र गुनाइटेड मोदी हाइड्रोपावरका सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढीको गिरावट आयो। 

आज नेप्सेमा सूचीकृतमध्ये १९९ कम्पनीका ७८ लाख ५० हजार ६५ कित्ता सेयर २ अर्ब ८१ करोड ४ लाख २५ हजार २६८ रुपैयाँमा कारोबार भयो। 

यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक ३१ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको १९ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४३ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड ४२ लाख रुपैयाँ, रिलायन लाइफ इन्स्योरेन्सको ७ करोड ८ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ६ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८४ लाख रुपैयाँ, छिमेक लघुवित्तको ४ करोड ६९ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: