हाईड्रोबाट लगानीकर्ता विकास बैंकमा सिफ्ट, बीमामा गिरावट जारी

2020-10-12
हाईड्रोबाट लगानीकर्ता विकास बैंकमा सिफ्ट, बीमामा गिरावट जारी

काठमाण्डौ । लगानीकर्ताहरु विकास बैंकतर्फ लाग्दा आज बीमा लगायतका अन्य समूहमा खासै वृद्धि देखिएन। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको आम्दानीमा महामारीका कारण प्रभाव परेकाले नयाँ बीमा पोखिसी खरिद गर्नेहरुको संख्यामा कमी आएको छ। यसका साथै पुराना पोलिसीहोल्डरहरुलाई समेत कम आम्दानीका कारण प्रिमियम तिर्न हम्मे हम्मे परिरहेको छ। जसको प्रभाव बीमा कम्पनीहरुको सेयरमूल्यमा देखिएको छ। 

साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह २८.३७ अंकले घट्दै ९५३१.४४ को बिन्दुमा सीमित बन्यो। 

त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि १२.२१ अंकले घट्दै ७७९९.११ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज बीमातर्फ सबैभन्दा धेरै वृद्धि लाईफ इन्स्यारेन्स कर्पाेरेशन नेपालको सेयर मूल्यमा देखियो। यो कम्पनीको सेयर मूल्य १.३६१४७ प्रतिशतले बढ्दै १४८९ रुपैयाँ कायम भयो।।
यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा समेत कुनै पनि बीमा कम्पनी परेनन्।

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचक १.७४ अंकको सामान्य वृद्धिका साथ १५७८.०१ को बिन्दुमा पुग्यो। यो दिन बजारमा १८९ कम्पनीका ६८ लाख १५ हजार ७१० कित्ता सेयर १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँमा किनबेच भयो। 

आज ५ वटा समूहको ,परिसूचकमा वृद्धि आयो। आज विकास बैंकका लगानीकर्ता मालामाल भए। यो समूह आज ७९.१२ अंकले उकालो लाग्दै २११८.१४ को उचाईमा पुग्यो। 

त्यस्तै होटल समूह ६.९४, लघुवित्त ३.९३, बैंकिङ २.३९ र व्यापार २.१६ अंकले बढे। 

आज हाईड्रो, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फन्डले गिरावटको सामना गरे। यि समूहहरु क्रमश ७.१२, ११.६६, १२.२१, १५.५२, १.८३ र ०.०३ अंकले घटे। 

आज मुक्तिनाथ विकास बैंकका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको उछाल आएर पोजेटिभ सर्किट नै लाग्यो। 
यो दिन सबैको लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ६८ लाख १५ हजार ७१० कित्ता सेयर १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँमा कारोबार भएको छ। 
यो दिन मुक्तिनाथ विकास बैंकको सर्वाधिक १६ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।  अरुण भ्याली हाइड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज कामना सेवा विकास बैंकको ६ करोड ८८ लाख रुपैयाँ, पुनर्बीमा कम्पनीको ५ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४ करोड ५६ लाख रुपैयाँ, अपी पावरको ४ करोड ३६ लाख रुपैयाँ, कुमारी बैंकको ४ करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड २९ लाख रुपैयाँ र ज्योति विकास बैंकको ४ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: