सबै बीमा कम्पनीले गुमाएको निरश साता

2020-10-09
सबै बीमा कम्पनीले गुमाएको निरश साता

काठमाण्डौ । यो साता बीमा कम्पनीहको सेयरमूल्यमा पहिरो गएको छ। लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा सबै बीमा कम्पनीहरको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट देखिएको हो। लगानीकर्ताहरु सेयर बेचेर हाइड्रोमा लगानी गर्न लागेकाले यसको दवाव बीमा कम्पनीको सेयरमूल्यमा देखियो। 

यो एक साताको अवधिमा कुनै पनि बीमा कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएन। सबै जीवन बीमा र निर्जीवन बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आयो। जीवन बीमा कम्पनीतर्फ यो साता सबैभन्दा धेरै गिरावट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा आयो। यो एक साताको अवधिमा कम्पनीको सेयरमूल्य १९ रुपैयाँका दरले घट्यो। साताको पहिलो कारोबार दिन १४९८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन १४७९ रुपैयाँका साथ बन्द भयो। 

त्यस्तै गुराँस लाइफको प्रति सेयरमूल्य १८ रुपैयाँका दरले घट्यो। साताको पहिलो कारोबार दिन ६४० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन ६२२ रुपैयाँमा सीमित बन्यो। 

यसैगरी एक साताको अवधिमा एशियन लाईफ र प्राइम लाईफको सेयरमूल्य पनि समान १६ रुपैयाँका दरले घट्यो। रिलायन्स लाईफको प्रति सेयरमूल्य १० रुपैयाँले घटेको यो साता नेपाल लाईफ इन्स्योरेन्स ९ , सूर्या लाइफ ६ र नेशनल लाईफ इन्स्योरेन्स ३ रुपैयाँका दरले घटे। 

निर्जीवन बीमा कम्पनी 
यो साता निर्जीवन बीमा कम्पनीहरुको प्रर्दशन पनि जीवन बीमा कम्पनीको जस्तै रह्यो। एक साताको अवधिमा सबै निर्जीवन बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आयो। यो एक साताको अवधिमा सबैभन्दा धेरै गिरावट राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा आयो। पहिलो कारोबार दिन ११८७० रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम दिन ११७८० रुपैयाँको निम्न स्तरमा झर्यो। यसरी एक सातको अवधिमा यो कम्पनीका सेयरधनीहरुले प्रति कित्ता ९० रुपैयाँका दरले गुमाए। 

यस्तै शिखर इन्स्योरेन्सका लागनीकर्ताले पनि प्रति सेयर ३० रुपैयाँका दरले गुमाए। पहिलो दिन १३६३ रुपैयाा रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन १३३३ रुपैयाँ कायम भयो। 

सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले प्रति सेयर २८ रुपैयाँले गुमाएको यो साता आईएमइ जनरल इन्स्योरेन्सका लगानीकर्ताले २३ रुपैयाँले गुमाए। 
यस्तै सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले प्रतिसेयर २२ रुपैयाँ, लुम्बिनी जनरल र प्रिमियम इन्स्योरेन्स समान २१ रुपैयाँ, नेको इन्स्योरेन्स १८ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स र प्रडेन्सियल इन्स्योरेन्स समान १५ रुपैयाँ, नेपाल इन्स्योरेन्स १४ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स ९ रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स ८ रुपैयाँ, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सका लगानीकर्ताले समान ७ रुपैयाँका दरले गुमाए।  

 


Share this with your friends: